चर्च अफ स्कटल्याण्डले वाम गठबन्धनलाई दियो ९५ करोड चुनावी खर्च, यस्तो छ खतरनाक डिल

705

काठमाडौं । २०६२, ०६३ को जनआन्दोलनपछि नेपाललाई धर्मनिरपेक्ष राष्ट बनाउन महत्वपूर्ण भुमिका खेलेको चर्च अफ स्कटल्याण्डले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई ९५ करोड रुपैयाँ दिएको खुलासा भएको छ । वाम गठबन्धनका हिन्दूप्रेमी एक उच्च नेताका अनुसार चर्च अफ स्कटल्याण्डका पदाधिकारीले एमाले अध्यक्ष केपी ओलीलाई भेटी नेपाललाई धर्मनिरपेक्ष कायम राख्ने शर्तमा ९५ करोड चुनावी खर्च भन्दै बुझाएका हुन् ।

नेपाली कांग्रेसका शीर्ष नेता र लोकतान्त्रिक गठबन्धनले हिन्दू राष्टको मुद्दालाई चुनावी एजेण्डा बनाएपछि आत्तिएको चर्च अफ स्कटल्याण्डले धर्मनिरपेक्षता कायम राख्ने र क्रिश्चियन धर्मलाई प्रवर्द्धनमा बाधा नपुर्याउने वातावरण सिर्जना गर्ने शर्तमा वाम गठबन्धनलाई आर्थिक सहयोग गरेको हो ।

पछिल्लो समय कांग्रेसमा महामन्त्री शशांक कोइरालादेखि सभापति शेरबहादुर देउवासम्मले आफू हिन्दू राष्टको पक्षमा रहेको र सार्वजनिक रुपमै बोल्ने बताइरहेका छन् । यस्तो बेला नेपालमा पश्चिमा शक्तिहरुको चलखेल बढेको छ । खासगरी पश्चिमा शक्तिसँग पहिलेदेखि साँठगाँठ गर्दै आएको एमाले र माओवादी फेरि आर्थिक सहयोग लिएर सनातन धर्म मास्न तयार भएका हुन् ।

यसअघि गणतन्त्र घोषणा गर्दा जनमतसंग्रह विनै ठूलो आर्थिक चलखेल गरी नेपाललाई धर्मनिरपेक्ष बनाइएको थियो । त्यसबेला एमालेका सुवास नेम्वांगदेखि माओवादीका प्रचण्डसम्मका नेतालाई चर्च अफ स्कटल्याण्डले ६३ करोड बाँडेका थिए । चर्च अफ स्कटल्याण्डकै बलमा हिन्दू राष्ट नेपाल एकाएक धर्मनिरपेक्ष बन्यो । त्यसपछि नेपालमा पैसा दिएर जबरजस्ती धर्म परिवर्तन र मन्दिरका ठाउँमा चर्च खोलियो ।

जुन क्रम अहिले पनि जारी छ । यो गतिविधिलाई रोक्ने प्रस्ताव आउँदा चर्च अफ स्कटल्याण्डले जोडदार विरोध गर्दै आएको छ । यतिमात्रै होइन संयुक्त राष्टसंघलाई देखाएर नेपालमा संकट आउने चेतावनी समेत दिने गरेको छ ।

चर्चका मोडेरेटर डा. अन्गस मोरिसनले त धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाउँदै बेलायती विदेशमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाललाई हिन्दू राष्ट बन्न नदिन पहल गरिदिन आग्रह समेत गरेका थिए । यसरी नेपालको पहिचान झल्काउने हिन्दू धर्म मास्न पश्चिममा शक्ति लागेको प्रष्ट भएको छ | साभार: ताजा अनलाइन खबर |