Home समाचार चलचित्र विकास बोर्ड खारेज गर्नुपर्छ : मन्त्री बास्कोटा
वर्षमा १८० दिन नेपाली चलचित्र नै चलाउनु पर्ने
काभ्रे । सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले चलचित्र विकास विकास बोर्ड नै खारेज गर्नुपर्ने बताउनुभएको छ ।
तेस्रो तामाङ चलचित्र महोत्सवमा बोल्दै उहाँले चलचित्र विकास बोर्ड अव खारजे नगरे चलचित्र विकास नहुने बताउनुभयो ।

चलचित्र विकास वोर्ड अवैज्ञानिक भएको बताउँदै उहाँले अव चलचित्र विकास बोर्ड यहि बर्ष नै नयाँ संरचनामा ल्याइने बताउनुभयो । चलचित्र विकास बोर्ड पुरानो भयो अव कानून संसोधन गर्दै विकास बोर्डलाई नयाँ ढाँचामा लैजाँदै यो महासंघको अवधारणामा लैजाने उहाँले बताउनुभयो । चलचित्र विकास बोर्डमा नियुक्ती गर्दा विभिन्न चलखेल हुने र अन्य जात जातीका चलचित्र कर्मीको प्रतिनिधित्वमा समस्या आएको बताउँदै अव यसलाई अझ नलम्व्याई नयाँ संरचनामा लैजानुको विकल्प नभएको मन्त्री बास्कोटाले बताउनुभयो ।
उहाँले अव नेपालका कुनै पनि हलमा आदिवासी जनजाति चलचित्रका साथ नेपाली चलचित्र १८० दिन चलाउनै पर्ने नियम ल्याउन आफू लागी परेको उहाँले बताउनुभयो ।
कम्तिमा १८० दिन नेपालमा नै बनेका चलचित्र देखाउनु नै पर्ने बाध्यकारी नियम आएपछि विभिन्न जनजाति चलचित्रले पनि हल पाउने निस्चित हुने उहाँले बताउनुभयो ।
चलचित्र महोत्सवलाई सम्बोधन गर्दै संघीय सांसद गंगाबहादु दोङ(वमध्वज)ले हेक समुदायको संकृति संक्षण गर्ने दायित्व राज्यले लिनु पर्ने बताउनुभयो । उहाँले सरकारले अवका दिनमा चलचित्र विकास बोर्डको संरचना फेरी नयाँ कानून लायाएपछि जाजाति चलचित्रले पनि आफ्नो स्थान पाउने बताउँदै तामाङ चलचित्र पनि अव हलमा हेर्न पाउने वातावरण बन्ने बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले सरकारले चलचित्र प्रर्दशनीका सम्वन्धमा ल्याउन लागेको नीतिको स्वागत गर्नुभयो । उहाँले यदि नेपालका हरेका चलचित्र घरले १८० दिन नेपालमा नै बनेका चलचित्र देखाउनै पर्ने नियम आएमा हरेका जनजातिका चलचित्रले पनि हल पाउने पक्का छ जसले आदिवासीहरुको चलचित्रमा पनि निखार आउने बताउनुभयो ।
कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले सरकारले नेपालमा बनेका चलचित्रको संरक्षणका लागि चाल्न लागेको कदमको प्रशंसा गर्नुभयो । यदि सरकारले साँचै नै बर्षमा १८० दिन नेपाली चलचित्र नै देखाउनु पर्ने बाध्य कारी नियम ल्याएमा नेपालमा पनि गुणस्तरिय चलचित्र निर्माण हुने बताउनुभयो । उहाँले यदि यस्तो भएका खण्डमा नेपालमा बन्ने हरेक चलचित्रले आफ्नो लगानी सुनिस्चित गर्न सक्ने छन् त्यस्तो हुँदा चलचित्रमा गुणस्तर पनि बृद्दि हुने दावा गर्दै उहाँले अव जनजाति चलचित्रहरुको पनि गुणस्तर बढने उहाँले बताउनुभयो ।
महोत्सवमा तामाङ भेष भुषा खाना कला संस्कृतिका साथै विभिन्न झाँकीको समेत प्रर्दशनी भई रहको छ ।
Related