चाँगुनारायणमा जोखिम न्यूनीकरण अभियान सञ्चालन

413

भक्तपुर । चाँगुनारायण नगरपालिका र वडा नं. ८ सँगको सहकार्यद्धारा भि.एस.ओ नेपाल र फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN) को साझेदारीमा समुदाय र विद्यालयमा बेलायती तथा नेपाली स्वंमसेवकद्धारा जोखिम न्यूनीकरण, अभिमुखिकरण, सचेतिकरण, विद्यार्थीको क्षमता विकास अभिबृद्धि गराउने उद्धेश्यले कार्यक्रम संचालन गरिएको छ ।

भि.एस.ओ नेपाल र फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN) ले संयुक्त रुपमा संचालन गरेको इन्टरनेशनल सिटिजन सर्भिस (ICS) कार्यक्रमका लागि बेलायतबाट ६ जना विदेशी स्वंमसेवकहरुद्धारा चाँगुनारायण न.पा. वडा नं. ८ स्थित सुडालको समुदाय र विद्यालयमा जोखिम न्यूनीकरण, अभिमुखिकरण, सचेतिकरण, विद्यार्थीको क्षमता विकास लगायत समुदाय लक्षित कार्यमा सहयोग गर्ने जानकारी सुडालमा सञ्चालित इन्टरनेशनल सिटिजन सर्भिस (ICS) कार्यक्रम हेरि रहनु भएका भि.एस.ओ नेपालका कार्यक्रम अधिकृत माला प्रधानले जानकरी दिनुभयो ।

यस कार्यक्रममा विदेशी स्वंमसेवक सँगै ६ जना नेपाली स्वंमसेवकले समेत सहयोग गर्नेछन् । दुई दुई जनाको छ वटा समूह बनाई समुदायमा परिचालन हुने र स्वंमसेवक समूह तीन महिना समुदाय र विद्यालयमा सहकार्य गरेर कार्य गर्ने फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका तर्फबाट चाँगुनारायण न.पा वडा नं. ८ मा सञ्चालन भएको इन्टरनेशनल सिटिजन सर्भिस (ICS) कार्यक्रम हेरिरहनु भएका कार्यक्रम संयोजक दिल कुमार अवालले बताउनु भयो ।