जीवन गिरी
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा विद्यार्थीको सिर्जनशीलता र प्रतिभा पहिचान गर्ने उद्देश्यले सो कार्यक्रम हुने भएको हो ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन र विद्यार्थीबीच एक आपसमा मित्रभाव बढाउनका लागि उक्त कार्यक्रम गर्न लागेको आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले भन्नुभयो । पहिला स्कुलब्यापी , वडाब्यापी प्रतिस्पर्धामा उत्रिरहेका विद्यार्थी अव नगरपालिकास्तरीय प्रतिस्पर्धामा उत्रिनेछन् । फुयाल बताउनुहुन्छ ।
समाज र ब्यक्ती एक्लो पनाको सिकार भएर निराश भएको अबस्थामा धेरै स्कुल एवं विद्यार्थी बिच हुने प्रतियोगिताले एक आपसमा साथ र सम्बन्ध बिस्तार हुने उहाँको ठम्याई रहेको छ ।
समाजवाद अध्ययन केन्द्रले प्रतिभा पहिचानको परिणाम आउनु अघिको त्यही दिनको समयमा स्मरण कला ( Memory skilled ) र रुपान्तरण सम्बधी विद्यार्थीलाई कक्षा संचालन गर्ने संस्थाकी सदस्य शान्ता न्यौपानले जानकारी दिनुभयो । बिषयगत विशेषज्ञ आदरणीय माधब अर्याल ज्यू तथा प्रतिभा पहिचानको लागि प्रोफेसर डाक्टर गणेशराज ढकाल , सह प्राध्यापक शान्ती कृष्ण अधिकारी , लगायत विशेषज्ञ टिम रहने समाजवाद अध्ययन केन्द्रका सचिब रोशन तिमिल्सिनाले बताउनु भयो।
केन्द्रले आगामी भाद्र २३ गते गर्न लागेको उक्त कार्यक्रममा आधारभूत र माध्यमिक तहका विद्यार्थीबीच भिन्नभिन्न प्रतिस्पर्धा गर्न लागेको हो ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच हस्तलेखन , कक्ष ९र१० अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता हुने छ । यस्तै कक्ष १० देखि १२ सम्मका विद्यार्थीबीच भने क्षमता मापन प्रतिस्पर्धा हुने केन्द्रले जनाएको छ जसका लागि ती विद्यार्थीलार्य समान्य ज्ञानका एक सय प्रश्न सोधिने छन् ।
पतिस्पर्धामा नगरपालिका भित्रका स्कुलहरुमा अध्ययनरत विद्यार्थीमात्र नभएर सोही नगरपालिकामा बसोबास गरी अनेत्र अध्ययन गरि रहेका विद्यार्थीहरुले पनि सहभागिता जनाउन सकिने केन्द्रले जनाएको छ ।
प्रतियोगितामा सहभागीमध्य प्रथम द्घितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा ५ सय भन्दा बढि विद्यार्थीको सहभागित रहने आयोजकले जनाएको छ । यो प्रतियोगिताले प्रथम , द्वितीय , र तृतीय हुने स्कुलमा पुस्तकालय अभियानमा बार्षिक पत्रीका राष्ट्रिय दैनिक एक बर्ष लाई उपलब्ध गराइने आयोजकले जनाएको छ ।







































