भक्तपुर । चाँगुनारायण र सुर्यविनायक नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा नगरपालिकाको बाल संरक्षण नीति र समितिको कार्यविधिको मस्यौदा तयारी यहि मिति श्रावण ८ र ९ गते भएको छ ।
कार्यक्रमको आयोजना दुवै नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिले गरेको थियो । जसमा समन्वय चाँगुनारायण र सुर्यविनायक नगरपालिका र साझदेरीमा सेभ द चिल्ड्रेन तथा बाल विकास समाजल रहेको थियो ।
यी दुवै समितिले बालबालिकाका बाल अधिकर संरक्षण तथा प्रवद्र्धनको लागि समिति गठन पश्चात थुप्रौ कार्यक्रमहरु गर्दै आएका छन् ।
कार्यक्रममा दुर्व नगर स्तरीय बाल संरक्षण तथा सम्बर्दन समितिका केहि पदाधिकारीहरु, सुर्यविनायक नगरपालिकाका उपप्रमुख, चाँगुनारायण नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट प्रतिनिधि, सेभ द चिल्ड्रेन तथा बाल विकास समाजका प्रतिनिधि गरी १६ जनाको सहभागीता रहेको थियो ।
सहभागीले चाँगुनारायण र सुर्यविनायक नगरपालिकाहरुका बाल संरक्षण नीति र नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समिति संचालनको कार्यविधिको मस्यौदा तयार पारेका छ ।
यस मस्यौदालाई विज्ञहरुको परामर्श पश्चात नगरपालिकाका प्रमुख र उपप्रमुखसँगको परामर्श पछि नगर कार्यापालिकाबाट पास गरी कार्यान्वयनमा ल्याउने तयारी नगर स्तरीय बाल संरक्षण तथा सम्र्बद्धन समिति चाँगुनारायणका कृष्ण कार्कीले जानकारी दिइन् ।
केन्दीय तहले कार्यान्वय गर्दै आएको नीति तथा नियमलाई आधार मानी वातावरण परिवेश सुहाउदो मस्यौदा तयार गरेका कुरा नगर स्तरीय बाल संरक्षण तथा सम्र्बद्धन समिति सुर्यविनायकका दिपक विसुङ्केले बताए । सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बाल मैत्री नगरपालिकाको रुपमा पहिचान दिन यी नीति तथा कार्यविधिले ठुलो सहयोग पु¥याउने बताइन् ।
बाल अधिकार हनन् गरेमा कोहि पनि उम्कन नसक्ने कुरा उनले बताइन् । कार्यक्रममा सहभागी सेभ द चिल्ड्रेनका भरत तामाङ्गले यस मस्यौदालाई विज्ञहरुको परामर्श पछि जति सक्दो छिटो नगर कार्यपालिकाबाट पास गरी कार्यान्वयनमा ल्याउनु पर्ने कुरा बताए ।
साथै यस कार्य सरानिय भएकोले अन्य नगरपालिका तथा गाउँपालिकाहरुले पनि यस्तै कार्य गरी बालबालिकाहरुको बाल अधिकार संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने कुरा थपे ।







































