चा.न.पा २ मा बालमैत्रि क्लव गठन तथा बृक्षाराेपण सम्पन्न

107

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर  २ मा बालमैत्रि क्लव गठन तथा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।

वन वातावरणको संरक्षण गर्नु पर्छ भन्दै बाल क्लवको स्थापना र वृक्षारोपण गरिएको हो ।

क्लवले चाँगुनारायण न.पा वडा नं २ र ३ का सडक किनार तथा सार्वजनिक स्थानमा बृक्षारोपण गरेका थिए ।

वातावरण दिवसका अवसरमा बालबालिकाहरूले विभिन्न प्रजातिका बोट विरूवा रोपेर हुर्काउने प्रतिवद्दता समेत गरेका थिए ।