चियाको सौखिन मानिस हुन्छन् बढि क्रिएटिभ !

325

चियको सौखिन हुने मानिसले कुनै पनि मौका गुमाउन चाहदैनन् चिया पिउनबाट ।

साथीसँग गफ गर्न होस वा कामबाट ब्रेक लिने, चिया पिउने मानिसले कुनै न कुनै बहाना चिया पिउने खोजि रहन्छन् । अब चिया पिउने मानिसका लागि अब एउटा अझ मौका मिलेको छ चिया खाने ।

पेर्किङ्ग यूनिभर्सिटीले दावी गर्दै चिया पिउने मानिसको ध्यान केन्द्रित गर्ने क्षमता बढि हुन्छ र उनको क्रिएटिभिटी चिया नखाने मानिसको भन्दा बढि हुने गरेको बताएको छ ।

चिया पिउनाले केन्द्रिकृत गर्ने क्षमता कसरी बढ्छ ? चियामा भएको कैफीन र थियनाइनले अलर्टनेस बढाउने काम गर्छ । एक अध्ययनका अनुसार मस्तिष्कको फुर्तिपना बढेको महसुस गर्न सक्छन् ।

मनोवैज्ञानिकहरुले ५० जनाको टोली जसको उमेर औसतमा २३ वर्ष थियो । तीनिमाथि अध्ययन गरेको थियो ।

ती मध्ये आधी जति मानिसलाई पिउनका लागि पानी दिइयो भने आधी मानिसलाई कालो चिया पिउनका लागि दिइयो ।

फूड क्वालिटी एन्ड प्रिफरेन्स जर्नलमा प्रकाशित अध्ययनका अनुसार दिनमा चिया पिउनाले क्रिएटिभिटीको स्तर बढेर जान्छ ।

चिया जस्ता पेय पदार्थतले मानिसको संज्ञानात्मक क्षमतामा कस्तो प्रभाव पर्छ भन्ने यस अध्ययनबाट पत्ता लगाउन सकिन्छ ।

उसो अध्ययनमा यो पनि भनिएको छ की कुनैपनि चिजको अत्यधिक सेवनले नोक्सान पनि हुन सक्छ र यो चियामाथि पनि लागु हुन्छ ।

त्यस कारण चियाको पनि उचित मात्रामा सेवन गर्नु राम्रो हुन्छ ।