संगम लामा
भक्तपुर । भारतको मिरिकमा जारी चौंथो अन्तराष्ट्रिय सम्मेलन शुक्रवार बाट सुरु भएको छ । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित विभिन्न संघ संस्था हरुको झाँकी एवं ¥याली निकाल्दै सम्मेलन सुरु गरिएको छ ।
अखिल भारतीय बौद्ध संघको आयोजनामा भारतको मिरिकमा जारी सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तामाङहरुको भाषा धर्म संस्कार एवं चाडवाडको सवालमा उक्त सम्मेलनले सम्बोधन गर्ने नेपाल तामाङ घेदुङले जनाएको छ ।
संसार भर छरिएर रहेका तामाङहरुको गोलवद्घताको लागि आयोजित लुज फोरमले यो सम्मेलन पस्चात एक निस्चित कार्यदिशा लिने आशा गरिएको छ ।








































