Home निर्वाचन चौधरीको सपत ग्रहण मुलुकमा कानूनी राज्यको अन्त्य : श्रेष्ठ
ताप्लेजुङ । राप्रपाका नेता एवं पूर्व मन्त्री सुसिल कुमार श्रेष्ठले रेशम चौधरीको सपत ग्रहणले नेपालमा कानूनी राज्यको अन्त्य भएको बताउनुभएको छ ।
मेची महाकाली राष्ट्रिय स्वाभियान यात्रा तयारीको शिलशिला अन्तर्गत जिल्ला भेलामा उहाँले चौधरीको सपतग्रहण कानूनी राज्यको उपहास भएको बताउनुभएको हो ।
वाइड बडी प्रकरण केवल सानो मात्र प्रकरण जुन छताछुल्ल भएको बताउँदै उहाँले यो भन्दा अझ ठुला काण्ड अनी भ्रष्टाचारको दलदलमा दुई तीहाईको दम्वले यो सरकार पतनको मार्गमा गएको आरोप समेत लगाउनुभएको थियो ।

अभियानका संयोजक सम्म रहनु भएका श्रेष्ठले राप्रपाले आगामी फागुनमा आयोजना गर्न लागेको अभियानले पार्टीलाई एउटा उचाईमा लैजानेमा आफू विश्वस्त भएको बताउनुभयो ।
कार्यक्रममा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका सदस्य सचिब मधाव खत्रीले फागुन १५ देखि ३० सम्म हुने अभियानमा सवैलाई सहभागी भई देशलाई विधर्मीहरुबाट बचाउन आग्रह गर्नुभयो । उहाँले आज देश दुई तीहाईको हातमा नभई अरुकै हातमा गएको बताउँदै यसको निस्कर्ष दुर्घटना भन्दा अन्य केहि नभएको बताउनुभयो ।
राप्रपाले आगामी फागुनमा हुने अभियानका लागि विभिन्न जिल्लामा भेला एवं बैठक आयोजना गर्दै आएको छ ।
Related