जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

118
जनकपुर । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।

आगलागीबाट सम्पुर्ण सामान जलेर नस्ट भएको छ भने घरमा पनि क्षती पुगेको छ ।