जनचेतनाको अभावले वैदेशिक रोजगारीका युवा ठगीमा

472
भक्तपुर । हाल अधिकांस युवाहरु जनचेतनाको कमिका कारण वैदेशिक रोजगारीमा ठगीमा पर्ने गरेका छन् ।
करिव ६० लाखको संख्यामा वैदेशिक रोजगारीमा रहेका युवाहरु विभिन्न कमजोरिका कारण ठगीमा पर्ने गरेको खुल्न आएको छ ।
प्रदेश नम्वर ३ वाईसीएल श्रम तथा वैदेशिक रोजगार विभागले गरेको सर्वेक्षणमा अधिकाँस युवा उनीहरुमा भएको जनचेतनाको अभावका कारण ठगीमा पर्ने गरेको खुल्न आएको हो ।
विभागले गरेको सर्वेक्षणमा अधिकाँश युवालाई वैदेशिक रोजगारमा जानु अघि कुनै पनि तालिम लिनु पर्छ भन्ने थाहा नभएको वैदेशिक रोजगारमा जान कति पैसा लाग्छ कति कमाई हुन्छ भन्ने समेत थाहा नभई दलालको विश्वास गरि उड्ने गरेका छन् ।
वैदेशिक रोजगारमा जाने युवाहरुमा आधा भन्दा बढि युवाहरुले उनीहरु कहाँ जाने कस्तो काम गर्ने कति तलव पाउने कुन मेनपावरवाट आफू जाँदै छ भन्ने समेत जानकारी नलिई उड्ने गरेको विभागका प्रमुख कुमार लामाले जानकारी दिनुभयो ।
नेपाल सरकारले वैदेशिक रोजगार सम्वन्धमा नयाँ ऐन ल्याएको छ । रोजिरोटी र पीडाको कारण वैदेशिक रोजगारीमा जाने समस्या समाधान गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ ।
सरकारले पहिलो पटक बजेटमा नै रोजगार ऐन तथा निर्देशिकाहरु ल्याएको छ जसमध्य सडक पर्यटक सिंचाई कृषि खानेपानी लगाएत रहेको छ । उक्त कुरा उदाहरणिय भएपनि युवाहरुलाई अव कसरी वैदेशिक रोजगारमा ठगीनबाट वचाउने भन्ने विषयमा युवाहरुले नै सोच्ने बेला भएको उहाँको ठम्याई थियो ।
युवा नै अव नलागे केहि नहुने भएका कारण अवका दिनमा समृद्घिको कल्पना गर्ने हो भने वैदेशिक रोजगारमा जाने युवालाई घटाउँदै स्वरोजगारको बाटोमा जानु पर्ने लामा बताउनुहुन्छ ।
हाल विदेशमा रहेको युवाका कारण नै देश चलि रहेको तितो यथार्थलाई सम्झने हो भने अवका दिनमा सरकारले नयाँ नियम ल्याउँदै आफ्ना कामदारको विषयमा कति ज्याला सम्ममा श्रम सुईकृति दिने भन्ने विषयमा पनि सोच्नु पर्ने उहाँ बताउनुहुन्छ ।
अव सरकारले कुन मुलुकमा जाने कामदारले न्यूनतम कति तलव मा मात्र जान पाउने तथा लान पाउने भन्ने विषयमा सम्झौता गर्नुपर्ने उहाँको धारण थियो ।
यदि वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठगीनबाट बचाउने हो भने उनीहरुको श्रमको मूल्य तथा जान लाग्ने रकमको विषयमा सरकारले स्पस्ट पार्नुपर्ने र विषेश निगरानी राख्नु पर्दछ ।
वैदेशिक रोजगारमा सरकारले ल्याएको ऐनमा विभागले १३ जिल्लामा नै जनचेतना मुलक काम गर्दै आएको जनाउँदै लामाले भन्नुभयो यसको लागि हामी पनि लागी रहेको छौं ।