जन्ती बाेकेकाे बस पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

357

चितवन / जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस माडी नगरपालिका–१ बन्कट्टामा ना७ख २२८ नंको बस अनियन्त्रित हुँदा पल्टिएको थियो । चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चालक फरार छन् ।

Purbeli TV

Source link