जसले सचिनविरुद्ध एक बल बलिङ गरे र विकेट पनि लिए

282

नयाँ दिल्ली– भारतीय क्रिकेटर सचिन तेल्दुलकर जब मैदान उत्रन्थे उनको विकेट लिनु बलरको सपना हुन्थ्यो।

विश्व क्रिकेटका उत्कृष्ट बलरले पनि सचिनको विकेट लिनुलाई गर्वको विषय मान्छन्। सर डोनाल्ड जर्ज ब्राडम्यान पछि सचिनलाई विश्वकै महान् ब्याट्सम्यान मानिन्छ। 

यिनै महान् ब्याट्सम्यान तेन्दुल्करविरुद्ध एक जना बलरले केवल एक बल मात्र फ्याँकेका छन्। तर, त्यही एक बलमा ती बलरले सचिनको विकेट लिन सफल भएका छन्। तीन बलरको नाम हो, स्टिभ स्मिथ। स्मिथ अस्ट्रेलियन टिम पूर्व कप्तान छन्।  हाल उनी बल टेम्परिङ काण्डका कारण अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धमा छन्। उनले घरेलु क्रिकेट खेल्नका लागि अनुमति प्रदान गरिएको छ।  खासमा पार्टटाइम बलर स्मिथले आफूलाई ब्याट्सम्यानका रुपमा स्थापित गरिसकेका छन्।  

स्मिथले आफ्नो अन्तर्राष्ट्रिय खेल करियर भने स्पिन बलिङबाट गरेका थिए। करियरको सुरुवातमा स्मिथले राम्रो स्पिन बलिङ गर्थे। सन् २०१३ मा मोहालीमा भएको भारत–अस्ट्रेलिया सिरिजको तेस्रो दिन स्मिथले आफ्नो पहिलो बलमै सचिनलाई आउट गरेका थिए। सचिन पहिलो बलमै क्याच आउटको सिकार बनेका थिए। खेलमा सचिन ३४ रन बनाएर आउट भएका थिए। त्यसपछि स्मिथले सचिन विरुद्ध कहिल्यै बलिङ गर्ने मौका पाएनन्। 

Source link