Home समाचार जाजरकोटकामा सुरु भयो चुनावी चहल पहल, गाउँगाउँमा चुनावी प्रचार-प्रसार
जाजरकोट: आगामी मंसिरमा तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि जाजरको जिल्लामा चुनावी प्रचार प्रसार सुरु भएको छ।
गाउँ गाउँमा चुनावी गतिविधि तीव्र पारिएको छ। प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको नाम टुङ्गो लागेपछि केही दलहरु चुनावी प्रचारमा लागेका हुन्।
जाजरकोटमा सबैभन्दा अगाडि उम्मेदवार टुङ्गो लगाएको नेकपा (माओवादी केन्द्र) ले सबैभन्दा पहिले प्रचारको कुरा लिएर गाउँ गाउँमा गएको छ।
माओवादी केन्द्रको पछिपछि प्रदेशसभाको उम्मेदवार छनोटमा पछि परेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवार र प्रदेशसभाको क्षेत्र नं २ को उम्मेदवार छनोट गरेको छ।
तर क्षेत्र नं १ को उम्मेदवार छनोटमा कुरा नमिलेपछि समस्या परेको छ। छनोट भइसकेको क्षेत्रका उम्मेदवार चुनावी प्रचारप्रसारमा लागिसकेका देखिन्छन्।
कांग्रेस पनि प्रदेशसभाको क्षेत्र नं २ र प्रतिनिधिसभाको प्रचारमा जुट्दै गाउँ गाउँमा लागेको छ। नेकपा (एमाले) ले कुनै पनि उम्मेदवार छनोट गर्न सकेको छैन। एमालेले आन्तरिक छलफलमा रहेको जनाएको छ।
आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा समस्या भएको एमालेले बताएको छ।
Related