भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजनामा भएको दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिताको दाश्रो दिन भएको विभिन्न विधाको नतिजा यस प्रकार रहेको छ ।
गल्स सिगल्स १२ बर्ष मुनीको खेलमा दिया देउला(प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) प्रथम,शलिना लामा –बाल विकास ) तथा प्रदिपा सुवाल –प्रभात मावि र सचिना श्रेष्ठ बाल विकास संयुक्त रुपमा तृतीय हुन सफल भयो।
गल्स सिगल्स १६ बर्षमुनीमा आरति सुवाल –प्रभात मावि)ले मन्जीला तामाङ्ग –प्रोक्सिमा)लाई तथा जननी श्रेष्ठ –जेन्युईन सेकेण्डरी) ले क्यारीना सुवाल –प्रभात मावि)लाई पराजित गरी फाईनल चरणमा प्रबेश गर्न सफल हुनुभयो ।
व्वाईज सिगल्स १२ बर्षमुनीमा करण कपाली(विद्या आर्जन)ले न्यनिश सुवाल –द राईििजङ्ग) लाई तथा रोमन थापामगर (प्रोक्सिमा )ले सफल तामाङ्ग –प्रोक्सीमालाई पराजित गरी फाईनल चरण प्रवेश गर्न सफल भयो ।
व्वाईज सिगल्स १६ बर्ष मुनीमा रेखान तामाङ्ग –प्राक्सिमा)ले सफल अवाल(प्रभात )लाई तथा सुजल प्रधानाङ्ग –एभरेष्ट स्कुल)ले आकाश सुवाल(एभरेष्ट)लाई पराजित गरी फाईनलमा प्रवेश गर्न सफल भयो ।
व्वाईज डवल्समा रेखान र रोमन –प्रोक्सिमा) प्रथम,रियाज र सुजल –एभरेष्ट) दोश्रो तथा आकास र रजत –एभरेष्ट ) र दिपेश र सफलको जोडी संयुक्त रुपमा तृतीय हुन सफल भयो भन्ने मिक्स डबल्स तर्फ रेखान र दिया(प्रोक्सिमा) प्रथम,सफल र आरती(प्रभात मावि) दोश्रो तथा रोमन र मन्जिला –प्रोक्सिमा)र विज्ञम र जननी –जेन्युईन)को जोडी संयुक्त रुपले तृतीय भयो भने लेडिज डबल्स तर्फ दिया देउला मन्जिला तामाङ्ग –प्रोक्सिमा) प्रथम ,आरति सुवाल र प्रदिपा सुवाल(प्रभात मावि) दोश्रो तथा सलिना लामा र सचिना श्रेष्ठ –बाल विकास) जननी र सविक्षा –जेन्यईन)को जोडी तृतीय हुन सफल भयो ।
व्वाईज टिम ईभन्टतर्फ प्रोक्सिमा ईन्टरनेशनल प्रथम,एभरेष्ट ई.स्कुल दोश्रो ,हिमालयन ग्लोरी र जेन्युईन संयुक्त रुपले तृतीय हुन सफल भयो ।
पुरुष खुल्ला विधामा राजिव चिंकबन्जार ,विवेक कवां,कृष्ण थापमागर ,रविन साँध आ आफनो प्रतिदन्दीहरुलाई पराजित गरी फाईनल चरणमा प्रबेश गर्न सफल हुनुभयो भन्ने लेडिज सिगल्स खुल्ला तर्फ अन्जु सुवाल भिन्तुना साकोस प्रथम,मन्जु सुवाल भिन्तुना साकोस दोश्रो तथा दिया देउला(प्रोक्सिमा) र मषिसा सुवाल(भिन्तुना साकोस) संयुक्त रुपमा तृतीय हुन सफल भयो ।
४० बर्ष माथिको भेट्रान्स तर्फ राजकुमार लघुले कृष्णप्रसाद सुवाललाई तथा विरेन्द्र कर्माचार्यले कृष्णप्रसाद कोजुलाई पराजित गरी फाईनल चरणमा प्रबेश गर्न सफल भयो ।
यस प्रतियोगिताको फाईनल खेल तथा पुरस्कार वितरण समारोह भोलि भाद्र ३१ गते दिनको २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य श्री सुदिल शाहीको प्रमुख आथिथ्थतामा तथा एभरेष्ट ईङ्लिश स्कुलका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीज्यू को विषेश आथिथ्थतामा हुने जानकारी प्रतियोगिता संयोजक श्री ईन्द्रभक्त पंचले जानकारी गराउनु भयो ।









































