भलवारी । जेसीज सप्ताहको दोस्रो दिन आज (सोमबार) जेसीआई भलवारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल निजामति कर्मचारी यूनियन संघको प्रायोजनमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भगवती पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रे, पूर्व अध्यक्ष रमेशकुमार पराजुली, निवर्तमान अध्यक्ष भेषराज पाण्डे, कोषाध्यक्ष प्रकाश गैरे, उपाध्यक्ष रामप्रसाद भण्डारी, सञ्चारकर्मी डी.आर. बञ्जाडे लगायत स्थानीय महिला तथा युवाले रक्तदान गरेका थिए ।
नेपाल निजामति कर्मचारी यूनियनका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाको आतिथ्यमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष मोहनकुमार नेपाल, जेसीआई भलवारीका पूर्व अध्यक्ष मानप्रसाद श्रेष्ठ लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
रगत दान नगरे आफै परिवर्तन हुन्छ ।दान गरे दान लिने र दिने दुबैको जिवनमा सकारात्मकता बढछ भन्दै कार्यक्रम संयोजक एबम युनियन रुपन्देहीकि नेत्री उपाध्यक्ष भगवती पन्थीले भन्नू भयो आफूले सक्दासम्म रक्तदान गरौ ।
मानबियता प्रस्तुत गर्न हामी लागि परौ । हाम्रो परिबर्तन हुने रगतको बारेमा र नयाँ जीवन पाउने ब्यक्तिको बारेमा सोचौ ।
Related