जुवा खालबाट वडाध्यक्षसहित ८ पक्राउ

151

काभ्रेपलाञ्चोक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित आठ जनालाई पक्राउ गरेको छ ।

वडाध्यक्ष दनुवारसहित अन्य आठ जनालाई पाँचखाल बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले जानकारी दिए ।

उनले जुवाको खालबाट नगद १ लाख ९० हजार रुपैयाँ र तास बरामद गरेको जानकारी दिए । आठ जना पाँचखाल नगरपालिकासँगै रहेको एउटा घरमा जुवा खेलिरहेका थिए । उनीहरूलाई गोप्य सूचनाका आधारमा छापा मारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।