आकाशमा मेघ गर्जिरह्यो
मन एकनासै तर्सिरह्यो
रोकिने नामो निसान छैन
एकैनासै बर्षाद बर्षिरह्यो!!
गाउँ सहरको सम्बन्ध बिछेत छ
जताततै डुबान छ
यात्रा कष्टकर जताततै
एकनासै मार्गमा पहिरो गैरह्यो!!
प्रकृतिक प्रकोप पनि कस्तो
भुइँचालोको सास्ती सहनु सहियो
जनधन धरापमा खेतीपाती घरबार एकैनासै सोह्रीरह्यो!!
ए झरी नआउन यसरी
मन रुन्छ बेस्सरी
शान्त बनिदेउ
पुरिएका छन बगेका छन
मृत एकनासै आशुं झरीरह्यो!!
डर र त्रास हरेक साल
ख्वै दैव निष्ठुरीको के हो यो चाल
चिन्तित छु अझै कहाँ के के हुन्छ
एकनासै बर्षाद बर्षिरह्यो!!
प्रकाश घिमिरे अन्जानयात्री बौदीकाली गाउँपालिका ३ नवलपरासी हाल कतारबाट ।
Related