झापामा एमाले अध्यक्ष ओलीको घरबाहिर बम विस्फोट

382

झापा—एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरबाहिर बम विस्फोट गराइएको छ । शनिबार बिहान साढे ४ बजेतिर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

विस्फोटबाट कुनै क्षती भने हुन पाएको छैन |

इलाका प्रहरी  कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले घरको गेट बाहिर पनि झोला एउटा झुण्ड्याइएको भेटिएको भन्दै त्यसलाई डिस्पोज गर्न नेपाली सेना पुगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले कसले कुन  के बम विस्फोट गराएको हो भन्ने  खुल्न बाँकी रहेको बताए ।

एमाले अध्यक्ष ओली अहिले चुनावी प्रचारका क्रममा विभिन्न जिल्ला दौडाहामा छन् । ओली झापा  क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।