ठमेलमा सवारी निषेधको निर्णय : विवादको पुरानै श्रृंखला

383

नेपालको पर्यटन भन्ने वित्तिकै अधिकांशको दिमागमा ठमेल नै आउँछ । नेपाल बाहिरबाट आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य पनि हो ठमेल । दैनिक हजारौं पर्यटक यहि क्षेत्र घुुम्न पुुग्छन् ।

अन्तर्राष्ट्रिय बजारले हेर्ने ठमेल भने अस्तव्यस्त छ । ठमेल भन्ने बित्तिकै अधकिांश नेपालीहरुको नाक खुम्च्याउने गर्छन् । हामीले नाक खुम्च्याउने क्षेत्रमा भगवानको रुपमा मानिने पाहुँनाहरु कसरी राख्ने ? यो प्रश्न गम्भीर छ ।

हुन त लामो समयदेखि ठमेलको व्यवस्थापन गर्ने भनेर पर्यटन प्रहरी, काठमाडौं जिल्ला प्रशासन कार्यालय, स्थानीय व्यवसायीहरुले बेलाबेला विभिन्न योजनाहरु सार्वजनिक गरेको सुनिन्छ । तर केही दिन अघि मात्रै अहिले ठमेलका केही सडकमा अव्यवस्थित र सूचनाबिना नै कालोपत्रे गरिएपछि पर्यटकहरुले खुट्टामा प्लाष्टिक बाँधेर हिडेका तस्वीरहरु सार्वजनिक भएका थिए ।

ठमेलका सडकहरुको मात्रै कुरा गर्ने हो भने सानो पानी पर्ने वित्तिकै हिड्न नसकिने गरी हिलाम्य हुन्छन् । ठमेलभित्र छिर्ने तीन वटा प्रमुख सडकहरु नै अस्तव्यस्त छन् । काठमाडौं महानगरपालिाले गत आर्थिक वर्षमा त्यहाँको सडक मर्मतका लागि स्थानीय एक निर्माण कम्पनीलाई ठेक्का दिए पनि काठमाडौं खाने पानी लिमिटेड, सडक विभाग तथा स्थानीय व्यवसायीहरुसँग उचित समन्वय गर्न नसक्दा लामो समयसम्म व्यवसायीहरुले सास्ती बेहोर्नुपरेको थियो ।

विवादित नयाँ निर्णय

पर्यटकहरु ठमेल छिर्ने प्रमुख एक नाका केशरमहालदेखि नरसिंह चोक वरीपरी अत्यधिक जाम हुने छ । त्यो सडकमा पर्यटक बोक्ने गाडी, ट्याक्सी, निजी सवारीहरुको ठेलमठेलका कारण मा जाने गल्लीमै गाडीको लाम हुन्छ । मोटरसाइकल र ट्याक्सीको हर्नले वातावरण तनावपूर्ण हुन्छ । सोही कुरालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक महाशाखा, स्थानीय र पर्यटन व्यवसायीको समन्वयमा ठमेललाई पैदल मार्ग (वाकिङ स्ट्रिट) बनाउने घोषणा गरिएको थियो जुन विवादित बनेको छ ।

पर्यटन क्षेत्र ठमेललाई आगामी कात्तिक ५ गतेबाट सवारीमुक्त घोषणा गरेसँगै स्थानीय बासिन्दा र व्यवसायको निम्ति वैकल्पिक आउजाउ र पार्किङ व्यवस्थाबारे प्रश्न उठेको हो । ठमेलजस्तो व्यस्त ठाउँमा कुनै विकल्पबिना यस्तो योजना कसरी कार्यान्वयन हुन्छ स्थानीय व्यवसायीको प्रश्न छ । यद्यपि जिम्मेवार सरोकारवाला संघसंस्था भने जुनसुकै हालतमा पनि कार्यान्वयन गर्ने दाबी गर्छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खिम तिवारीले ठमेल व्यवस्थित गर्ने एक प्रमुख निर्णय रुपमा सवारीमुक्त गर्ने घोषणा गरिएकाले जुनसुकै हालतमा पनि यो लागु हुने दाबी गरे । यसैरगरी ठमेल पर्यटन विकास परिषद्का महासचिव भविस्वर शर्माले पनि उचित पार्किङको विकल्प खोज्ने बताउँदै ठमेल व्यस्थित गन सवारी मुक्त गर्नु नै एक ठूलो निर्णय भएको जिकिर गरे ।

यसअघि सबै सरोकारवाला निकायले पानी, एम्बुलेन्स, दमकल, पर्यटन, सुरक्षा लगायत अत्यावश्यक सवारीबाहेक अन्यले ठमेलको मुख्य क्षेत्र छिर्न नपाउने घोषणा गरेका थिए । घोषणा गरिएअनुसार सवारीले त्रिदेवी मार्गबाट ट्याक्सी, माइक्रो, भ्यान र मोटरसाइकल मात्रै ठमेल छिर्न पाउँनेछन् भने ठूला सवारीलाई ठमेल प्रवेश निषेध नै गरिएको छ । निर्णयअनुसार करिब एक वर्ग किलोमिटर क्षेत्रफलमा ठूला सवारी प्रवेश गर्न पाउन छैनन् । ठमेलबाट बाहिर जाने सवारी सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल, अमृत क्याम्पसमार्ग र ठहिँटीबाट दाहिने जान पाउनेछन् । अन्य सडकमा सवारी निषेध गरिएपछि वैकल्पिक वाटो र पार्किङको उचित व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग छ ।

ठमेल व्यापार केन्द्र मात्र नभइ बसोबास स्थल पनि भएकाले सवारी निषेध गर्दा स्थानीयलाई आउजाउ गर्न मर्का पर्ने नपर्ने वा युको विकल्पबारे भने योजनामा सार्वजनिक गएिको छैन । यो निर्णय विवादित बनेको छ ।


जिम्मेवारीको विवाद

ठमेललाई काठमाडौं महानगरपालिका ५ वटा वडाले छोएको छ । जसमा वडा नम्बर १६ र २६ ले सबैभन्दा बढी क्षेत्र आगटेको छ भने १७, २७ र १ नम्बर वडाले पनि ठमेल छोएको छ ।

यसअघि लामो समय ठमेलको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र स्थानीय व्यवसायीको जिम्मा थियो । तर अहिले स्थानीय तहको चुनावपछि सबै अधिकार वडाको गएको छ । तसर्थ सबै वडाहरुले एकअर्कालाई दोषारोपण गर्ने मौका बढी पाएका छन् । योसँगै ठमेलको व्यवस्थापन गर्नका लागि स्थापित ठमेल पर्यटन परिषद् (टिटिडिसी) नामक एक संस्थाले पनि ठमेलको व्यवस्थापनको जिम्माको दाबी गरिरहन्छ । यद्यपि टिटिडिसीकै कारण ठमेल व्यवस्थापन हुन नसकेको स्थानीय व्यवसायीहरुले आरोप लगाउँछन् । व्यवसायीहरु मिलेर बनाइएको एक गैर सरकारी संस्थाको कानूनी जिम्मेवारी नभए पनि अधिकांश आयोजनासँग टिटिडिसीले समन्वय गर्छ र विवादित हुने र समयमा सम्पन्न नहुने क्रम लामै समयदेखि चलिरहन्छ ।

टिटिडिसीका महासचिव भविस्वर शर्माले आफ्नो कार्यकालमा ठमेलको व्यवस्थापनकमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनले आफ्नो अधिकारक्षेत्रभित्र पर्ने सबै काम तथा समन्वयमा कुनै कसर बाँकी नरहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा प्रमुख खिम तिवारीले टिटिडिसी गैरसरकारी संस्थासँग महानगरपलिकाको कुनै सम्बन्ध नभएकाले उनीहरुले के गरेबारे थाहा नहुने बताए । पछिल्लो सडक कालोपत्रको विवादबारे उनले पहिल्यै काम हुनुपर्नेमा वर्षातका कारण समयमा नभए पनि महानगरपालिकाले काम गरिरहको बताए ।

यति मात्रै हैन ठमेलको व्यवस्थापनमा काठमाडौं महानगरपालिका, स्थानीय प्रशासन, प्रहरी, व्यवसायिक संघसंस्थाहरुले मौखिख जिम्मेवारी सहितका गैरजिम्मेवार कुरा गरिहँ दा ठमेल अस्तव्यस्त बनेको विश्लेषकहरु बताउँछन् । पर्यटन विद्का रुपमा चिनिएका प्रध्यापक डाक्टर प्रेम शर्माले ठमेलसँग सरोकार राख्ने सबै संघसस्था तथा सरकारी निकायले आफ्नो जिम्मेवारी भएको कुरा गरिरहने तर काम नगर्ने प्रबृत्तिका कारण अस्तव्यस्त बनेको बताए ।