डा.इवामुरा अस्पतालमा एक महिने स्त्रीरोग शिविर जारी

549

भक्तपुर । सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत स्वास्थ्य शिविर संञ्चालन भइरहेको छ । भदौ २४ गतेदेखि शुरु भएको शिविर असोज मसान्तसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शोभा मारिखु श्रेष्ठ तथा डा. आभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट दुख्ने समस्या र भिडियो एक्स–रे बाट पत्ता लाग्ने समस्याको शल्यक्रिया साथै महिनावारी गडबडिको समस्याको जाँच लगायत निःशल्क परामर्श सेवा दिई रहेको छ ।
अस्पतालका व्यवस्थापन प्रमुख रञ्जित मारिखुका अनुसार २००० भन्दा बढि विरामीलाई निःशुल्क परामर्श दिने लक्ष्यसहित सञ्चालन भएको उक्त शिविरमा हालसम्म १०० जनाभन्दा बढि महिलाहरुले निःशुल्क लाभ लिईसकेका छन् ।
शिविरमा हालसम्म २ जनाको मेजर शल्यक्रिया, ३ जनाको माईनर शल्यक्रिया तथा २१ जना शल्यक्रियाको तयारी तथा ८० भन्दा बढिको भिडियो एक्स–रे समेत गरिएको छ ।
शिविर अवधिमा अन्य विभिन्न जाँचमा पनि छुटको विशेष व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।