Home समाचार डिभी चिट्ठाको फर्म खुल्यो, फर्म भर्न के के चाहिन्छ ?
काठमाडौं – अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अुनसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो ।
नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने ११ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको हो । डिभीको आवेन निशुल्क रहेको दूतावासले जनाएको छ ।
आवेदन भर्न सजिलो रहेकाले भिसा कन्सल्टेन्सीका कुरा झुट्ठा आश्वासनमा विश्वास नर्गन पनि अमेरिकी दूतावासले अनुरोध गरेको छ । http://dvlottery.state.gov मा गएर सन् २०१९ को डिभी चिट्ठा कार्यक्रमका लागि अवेदन दिन सकिनेछ ।
डिभीको आवेदनका लागि के आवश्यक पर्छ ?
-
आफू अनि श्रीमान्/श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
-
आफू अनि परिवारको हालसालै खिचिएको २ इन्च गुणा दुई इन्च साइजको फोटो
-
उच्च माध्यामिक परीक्षा उत्तिर्ण प्रमाणपत्र वा योग्य पेसामा दुई वर्षको कार्यानुभव ।
Related