ढुंगाना र जोशीलाई जिताउन कानुन व्यवसायीको मार्च पास

625

भक्तपुर । पूर्व सभामुख दमननाथ ढुंगाना र वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई जिताउन कानुन व्यवसायीहरुले भक्तपुरमा मार्च पास गर्ने भएको छ ।

डेमोक्रेटिक लयर्स एशोसियसनको अगुवाईमा पूर्व महान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व अध्यक्षहरुसहितको वरिष्ठ अधिवक्ताहरुको समूहले भक्तपुरमा शनिवारदेखी मार्च पास गर्न लागेको हो ।

लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नं. १ मा वरिष्ठ अधिवक्ता एवम् डिएलएका पूर्व उपाध्यक्ष बाबुराजा जोशी र भक्तपुर क्षेत्र नं. २ बाट वरिष्ठ अधिवक्ता समेत रहनुभएका पूर्व सभामुख दमनाथ ढुंगाना प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ ।

मार्च पास शनिवार बिहान कटुञ्जेस्थित चक्रपाणी चालिसे चोकबाट शुरु हुने अधिवक्ता एवम् ढुंगानाका सहयोगी रुद्र शर्माले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने सो मार्च पासले भक्तपुरको बालकोट, कटुञ्जे, सिरुटार, नंखेल, सिपाडोल, चित्तपोल, दधिकोट, मध्यपुर थिमि, भक्तपुर नगरका विभिन्न भागको परिक्रमा गर्दै विभिन्न स्थानहरुको कोणसभा गर्दै ढुंगाना र जोशीको पक्षमा मत माग्ने कार्यक्रम रहेको शर्माले बताउनुभयो ।

मार्च पासमा पूर्व महाधिवक्ता महादेव यादव, पूर्व सासंद एवम् नेपाल बारका पूर्व अध्यक्ष हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवम् पूर्व सांसद राधेश्याम अधिकारी, पूर्व महाधिवक्ता बद्रीबहादुर कार्कीलगायत सयौंको संख्यामा सहभागिता रहने शर्माले बताउनुभयो ।