ताथलीमा गणेशलाई स्वागत, लिविलाई बिदाइ

1107

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सरूवा भई अाएका वडा सचिव राजेन्द्र गणेशलाई निर्वाचित जनप्रतिनिधिले स्वागत गरेका छन् ।

वडामा सरूवा भई अाएका सचिव गणेशलाई वडाध्यक्ष गणेश त्यात, वडा सदस्यहरू कृष्णराम बासुकला, विद्यापति थापा र सुमित्रा मिजारले खादा अाेढाउँदै, टीका लगाएर स्वागत गरेका थिए । साेही अवसरमा ताथलीबाट सरूवा भएका वडा सचिव पुष्प लिविलाई जननिर्वाचित टाेलीले बिदाई गरेका थिए ।

विगत १८ वर्षदेखि ताथलीमा कार्यरत सचिव लिविलेे ताथलीका जनताको सेवा गरेेकाे कुरा साे अवसरमा सम्झना गरिएको थियाे । उक्त कार्यक्रममा बिदाइ भएका सचिव लिविले अाफ्नाे अनुभव सुनाएका थिए ।

कार्यक्रममा वडाध्यक्ष गणेश त्यात र वडा सदस्य कमला गिरीले बाेलेका थिए ।