भक्तपुर । तामाङ कथानक चलचित्र मायासे लासी ३ माघ २७ गते भोली शनिबारका दिन राष्ट्रिय नाँचघर जमलमा विशेष च्यारिटी शो हुँदै । मायसे लासी १ र २ भन्दा फरक विषयवस्तुमा निर्माण भएको मायसे लासी ३ वाट १० वर्षे जनयुद्दले जनजातीहरुका माझ भएको उत्पीडन र पारिवारीक समस्यालाई दर्शाउँदै निर्माण भएको चलचित्र तामाङ चलचित्रमाझ अर्को सफल चलचित्रका रुपमा रहेको छ ।
माया प्रेम र ससस्त्र दोन्दमा आधारीत चलचित्र अन्य चालचित्र भन्दा फरक विषयवस्तुमा रहेका कारण पनि दर्शकहरुमाझ सर्वाधिक प्रतिक्षा गरिएको चलचित्रका रुपमा रहेको मायासे लासी भोली देखि प्रर्दशनिमा आउने भएको छ ।
जनयुद्धकालको यथार्थ घटना हिंसाले कहिले पनि कसैको भलो नगर्ने र हिंसाले हिंसाकै बाटो रोजिरहने हिंसालाई मायालेमात्र साम्य पार्न सकिने कथालाई यस चलचित्रमा प्रष्ट रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र मायासे लासी ३ मा मुस्कान वाईबाको प्रस्तुती रहको छ भने निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ सङ्गै निर्माण सहयोगीमा गणेश लामा रहनु भएको छ । डिबि मोक्तानको पहिलो निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गर्नु भएको छ । प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे यस चलचित्रका कार्यकारी निर्माता भने प्रेम लामा मोक्तान रहनु भएको छ । यस चलचित्रमा केशव अधिकारि, रबि कोइरालाले छायांकन गर्नुभएको हो भने सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।
चलचित्रमा चार गित समाबेश गरिएको छ ,जसमा कुमार श्याङबाको शब्द रहेको छ भने विशाल काल्तानको संगित तथा सन्तोष लामा जितु लोप्चनको आवज रहेको छ ।
काभ्रे ,सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, तामाङ चलचित्र जगतका सफल एवं कुशल नायिका सीता लामा, तामाङ चलचित्र जगतकै चर्चित खलनायक बिकाश श्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा लगायत चन्द्र लामालाई यस चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।
सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको यस चलचित्रलाई ह्याङ्ला को म्हेन्दो मिडिया हाउसले सहकार्य गरेको छ यो चलचित्र पनि विगतका चलचित्र जस्तै दर्शकको मन जित्न सफल हुने चलचित्र निर्माण पक्षले अपेक्षा गरेका छन् ।







































