तामाङ चलचित्र घ्रान कसमको सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत सार्वजनिक

483

भक्तपुर । मोक्तान फिल्मसको नौलो प्रस्तुति चलचित्र घ्रानका गीतहरु सार्वजनिक गरिएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा तामाङ चलचित्र घ्रान ‘कसम’ मा समाहित गीतहरु सार्वजनिक गरिएको हो । मोक्तान फिल्मस प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत सार्वजनिक गरेको हो ।

ओखलढुंगा ओरापर छायांकन गरिएको उक्त चलचित्रमा तामाङ समुदायाको संस्कृति र सामाजिक जीवनयापनका कथाहरुलाई विषेश रुपमा प्रस्तुति गरिएको निर्माण पक्षले जनाएको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा चलचित्र निर्देशक नविन सुब्बाले तामाङ चलचित्र केवल च्यारिटि सो मा नै सिमित हुनु दुखदायी भएको बताउँदै आगामी दिनमा यसको बजार विस्तारमा प्रमुख ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले लाख जनसंख्या रहेको भुटानमा करोडौंको लगानीमा चलचित्र बन्ने र सफल पनि हुने गरेको उदाहरण दिदै नेपाल लगाएत विश्वका विभिन्न मुलुकमा तामाङ भुटानको जनसंख्या भन्दा बढि भएपनि हाम्रो समाजलाई अपनोत्को भावना जागृत गराउन नसक्दा चलचित्र प्रर्दशनिमा नै समस्या आएको बताउनुभयो । उहाँले यस्तो हुनुमा राज्यको उपेक्षा पनि प्रमुख रहेको उहाँको आरोप रहेको थियो । आगामी दिनमा समुदायको चलचित्र विकासमा लाग्न सवैलाई उहाँँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रमकी सभापति एवम् मोक्तान फिल्मस् प्रा.लीका अध्यक्ष सुकुमाया मोक्तानले नेपाली चलचित्र र मातृभाषाको चलचित्रबीच ठुलो खाडल र विभेद खडा भएको. गुनासो पोख्नुभायो ।
उहाँले भन्नुभयो ,‘हाम्रो राज्यमा हाम्रो संस्कृति र हाम्रो परम्परालाई कुनै सांस्कृतिक सम्प्रदायसँग तुलना गरेर कमजोर दर्ज गराईन्छ, हामीले हाम्रै अन्तराष्ट्रिय विमानस्थलमा प्रवेश आज्ञामा अवरोध झेल्नुपछ, हाम्रो देशमा नेपाली चलचित्र खेल्ने कलाकार र हामी मातृभाषाको जर्गेना गर्ने कलाकारहरुलाई फरक तरिकाले हर्ने गरिन्छ, मुलधारको नाममा कुनै कलाकारलाई चाहिने भन्दा बढी सम्मान दिने काम भएको छ, हामीले उचित सम्मानको लागि भीख माग्नुपरेको छ, मातृभाषाको चलचित्र प्रदर्शन गर्नको लागि मंहगोमा हल किन्नुपर्छ, अरुले ४० हजारमा हल पाउछन् हामीले त्यही हलको २ लाखसम्म तिर्नुपर्छ ।’

उनले कलाकारिताको नाममा अन्य नेपाली भाषाका चलचित्र गीत–संगीतमा अश्लिल्ता, ‘बडी शो’ गरेको खण्डमा कुनै प्रकारको उसले क्षति व्यहोर्नुपर्ने तर हाम्रो चलचित्रमा हाम्रै समुदायको परम्परालाई देखाउँदा पनि नसहने राज्य छ, हामीले यो चलचित्रमा स्थानीयदेखि राज्यको माथिल्लो निकायमा हुने क्रियाकलापको बारेमा प्रकाश पार्ने प्रयास गरेका छौँ,उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार बुद्ध जयन्तीको अवसमा चलचित्र प्रदर्शनीमा ल्याईने छ ।

चलचित्रमा नायक सागर घिसिङ, शम्भु घिसिङ, राम घिसिङ रहेका छन् भने नायिकातर्फ सुकुमाया मोक्तान, सुष्मा मोक्तान, सुनिता तामाङ् रहेका छन् । मुख्य अभिनेतामा बिकास तामाङ देखिँदैछन् । उक्त चलचित्र जम्मा २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण पक्षको दाबी छ ।
कार्यक्रममा प्रज्ञा परममिताको प्रमुख अनुवादक टिका शेर्पाले सवैले अरुको अस्तित्व पनि स्वीकार गर्ने स्वाभावको विकास गर्नुपर्न बताउनुभायो । बुद्ध धर्म ग्रन्थलाई नेपालीमा अनुवाद गर्ने काममा लागेका शेर्पाले नेपालमा रहेका सबै जातजाति र धर्म सम्प्रदायबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा छेवाङ तेन्जीङ लामा, रोशन फ्यूबा, संजोग लाफा मगर लगायतले उक्त चलचित्र प्रगतीको लागि शुभकामना दिनुभएको थियो भने कार्यक्रम सञ्चालन मुस्कान तामाङले गर्नुभएको थियो ।