भक्तपुर । ह्रिन्जेन दोर्जे प्रोडक्शन प्रा.लिको ब्यानरमा अस्मिता दोङको प्रस्तुतिमा तामाङ कथानक चलचित्र “माया” को सुटिङ अन्तिम चरणमा पुगेको छ ।
आदिवासी चलचित्रमाझ अलग कथा बस्तु र तामाङ कला र संस्कृतिको उत्थान अनी समाजको प्रतिकका रुपमा आउन लागेको चलचित्रलाई बहुप्रतिष्ठित चलचित्रका रुपमा हेरिएको छ ।
माया प्रेम र समाजको अवस्था एवं सामाजिक अवस्थाको विषयमा रहेको चलचित्र हाल देशका विभिन्न स्थानमा धमाधम छायाँङकनमा ब्यस्त भएको चलचित्र काठमाडौको विभिन्न स्थानहरु जम्बु डाँडा, जोरपाटी, पेप्सीकोला लगाएतका स्थानहरुमा भई रहेको छ ।

चलचित्र मायाको निर्माता सोमा तामाङ,डिबी दोङ, र रोशन तामाङ थिङ रहनुभएको छ ।
यस्तै निर्देशक डिबी लामा दोङले गर्नुभएको छ ।
कलाकारहरुमा नायक सन्दिप स्याङतान र रिजन लामा छन् भने नायिकामा सोमा लामाले मुख्य भुमिकामा खेल्नु भएको छ । यस्तै खलनायकमा भने ज्ञानदास दोङ तामाङ र अनिक लामाले मुख्य भुमिका निभाउनु भएको छ ।
चलचित्रको कथा दिपक लामाको रहेको छ भने पाठरकथा र संम्वाद सोम जिसीले गर्नुभएको छ । चलचित्रको आर्कषक एवं समाजका विसंगतीका रुपमा रहेको द्वन्द्वको निर्देशन शंकर महर्जनको रहेको छ ।

क्यामरामा विश्वास भण्डारी,गीत अमृत










































