Home समाचार तीन जिल्लाका एसपी परिवर्तन को को परे त
काठमाडौंः प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार धनुषा जिल्ला प्रहरी कार्यालयमा ललितपुरमा कार्यरत प्रहरी उपरिक्षक शेखर खनाललाई सरुवा गरिएको छ भने ललितपुरमा धनुषाका एसपी गोविन्द थपलियालाई ल्याइएको छ ।
त्यस्तै, धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ । धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा तानिएका छन् ।
यसैगरी सिन्धुलीमा चक्रबहादुर सिंहलाई सरुवा गरिएको छ । यसअघिका सिन्धुलीका एसपी रामेश्वर यादव विभिन्न विवादमा तानिएका थिए ।
उनी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
Related