Home निर्वाचन तेस्रो तामाङ चलचित्र महोत्सवबाट छानियो उत्कृष्ठ चलचित्र “आप्लेङला नाम्सा”

भकुण्डे । आप्लेङला नाम्सालाई उत्कृष्ठ चलचित्र घोष्णा गर्दै तीन दिने तामाङ चलचित्र महोत्सव सम्पन्न भएको छ ।
काभ्रेको नमोबुद्द नगरपालिका भकुण्डेमा चैत २९ गते देखि सूरु भएको महोत्सव नयाँ बर्षको पहिलो दिन आप्लेङला नाम्सालाई उत्कृष्ठ चलचित्रको खिताम दिदै सम्पन्न भएको छ ।
महोत्वका लािग दर्ता भएका चलचित्र मध्य ५ प्रर्दशनिका लागि छानिएका चलचित्र मध्यमा पनि आप्लेङला नाम्सा उत्कृष्ठ चलचित्र हुन् सफल भएको थियो ।
उक्त चलचित्रलाई नगद ५१ हजार सहित सम्मान पत्रद्दारा सम्मानित गरिएको थियो । सम्मान पत्र ग्रहण गर्दै चलचित्रका निर्देशक अजय स्याङतानले आफूले निर्देशन गरेको चलचित्र उत्कृष्ठ हुँदा आफूलाई निकै खुसी लागेको बताए । उनका अनुसार अन्य चलचित्र पनि उत्कृष्ठ नै थिए तथापी दर्शक तथा निर्णायक मण्डलले विभिन्न कोणबाट हेर्दा आफूले निर्देशन गरेको चलचित्र उत्कृठ घोषणा गर्दा आफू लगाएत निर्माण टिम कलाकार निकै खुसी भएको बताए ।
चलचित्र छनोटको निर्णायक मण्डलमा पूर्व अध्यक्ष प्रकाश ब्लोन र बरिष्ठ संचार कर्मी तथा कलकार्मी दिपेन्द्र दोङ तामाङ रहेका थिए । साथै चलचित्र हेर्न आउने दर्शक संचारकर्मी कलाकर्मीहरुको मत पनि सामेल गरिएको थियो ।
विगत ७ बर्ष देखि निरन्तरता पाउन नसकेको महोत्सवले यो बर्ष अध्यक्ष विकु थोकरको नेतृत्वमा निरन्तरता पाएको थियो । पहिलो र दोस्रो महोत्सव भन्दा भव्य तवरमा सम्पन्न भएको उक्त महोत्सवबाट अध्यक्ष थोकरले सम्पूर्ण सहयागी दाता संचारकर्मी, कलाकार, विभिन्न अतिथि लगाएतलाई धन्यबाद प्रकट गरेका थिए ।
अध्यक्ष थोकरको सभापतित्वमा सम्पन्न उक्त महोत्वसको उद्घाटन सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले गरेका थिए भने अन्तरक्रिया कार्यक्रमलाई रोशी गाउँपालिका अध्यक्ष एवं कलाकर्मी डिवी मोक्तानले गरेका थिए भने कार्यक्रम समापन तथा सम्मान कार्यक्रममा युवा नेता एवं पूर्व संविधान सभा सदस्य तिर्थ लामाले गरेका थिए ।
कार्यक्रममा विभिन्न तम्बा,लामा र बोन्बोको झाँकी डम्फूको तालमा नमोबुद्द नगर परिक्रमा गर्दै विभिन्न कला संस्कृति परम्परा भेष भुषा लगाएत खानाको प्रर्दशनी गर्दै तामाङ कलाकारहरुको विभिन्न प्रस्तुतिका साथ उक्त महोत्सव सम्पन्न भएको छ ।
Related