त्रिभुवन आर्मी र एनआरटी २–२ गोलको बराबरीमा रोकिए

270


पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटीको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको पहिलो खेलमा एनआरटीले १२औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो। । एनआरटीले दोस्रो पटक प्राप्त कर्नरमा गोल गरेको हो ।
निशान लिम्बुले प्रहार गरेको कर्नर बललाई रिवाउन्डमा रोजित पुडासैनीलेले गोलमा परिणत गरेका थिए ।
सो खेलमा आर्मीले ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्‍यो ।
एनआरटीका खेलाडीले डि–बक्समा ह्यान्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । सो पेनाल्टी सन्तोष तामाङले प्रहार गरेका थिए।
पहिलो हाफमा १–१ गोलको

Source link