भक्तपुर । थान्का कोरेर घण्टाको एक सय रुपैयाँ आम्दानी गर्दै अध्ययन गर्दै आएका विद्यार्थीलाई समाजसेवी एवं वाईसिएलका केन्द्रिय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रदेश नम्वर ३ का संयोजक कुमार लामाल छात्रवृत्ति प्रदान गर्ने भएका छन् ।
लामाले लाजिम्पाट स्थित सृजना कलेज अफ फाइन आर्ट्समा पढ्ने २२ वर्षका विद्यार्थी डोनाल तामाङलाई छात्रवृत्ति प्रदान गर्नुहुने भएको हो ।
कलेज अफ फाईन आर्टमा विएफए दोस्रो बर्षमा अध्ययन गर्दै आएका डोनाल आफूले कोरेका चित्र थाक्का हरु विक्री गर्दै उक्त पैसाले अध्ययन गर्दै आएका छन् ।
विएफएको बाँकी रहेको कोर्स अध्ययन गर्न दिन रात मिहेनत गर्दै आएका डोनाललाई अवको दुई बर्ष अध्ययनको लागि कुमार लामाले सहयोग गर्ने भएपछि उनी दंग परेका छन् ।
उनी भन्छन् म फाईन आर्टको अध्ययन गरि रहेको छु । मैले अरु मिहेनत गरेर पैसा कमायरै पढनु परेन भने म अझ दिल लगायर फाईन आर्टमा राम्रो गर्ने छु र आधुनिक कला र परम्परागत कलाको अध्ययन गरि नमुना आर्टिस्टको दर्जामा आफूलाई लैजान दिन रात लागि पर्ने बताउँछन् ।
रामेछापको बेथान स्थाइ घर भै हाल भक्तपुरको नासमानामा बस्दै आएका तामाङको स्नातक विएफए सक्न अझै बार्षीक ८५ हजारका दरले दुई बर्षको फि कुमार लामाले तिरिदिने भएपछि उनी हर्षका आँसु निकाल्दै आफूले पनि समय आएपछि अरुको सहयोग गर्ने बताए ।
पढाई खर्चको लागि कुमार लामाको तेलीय चित्र बनाएर उनको सल्लाघारीस्थित कार्यालय पुगेका तामाङले आफ्नो सम्पूर्ण पढाई खर्च छात्रवृत्ति पाएपछि उनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ ।
सहयोग नै धर्म हो कसैले पनि कमाएको केहि अंश सहयोग गर्न सकेमात्र अरुको पनि भविश्य बन्ने भन्दै आफूले सहयोगको हात बढाएको कुमार लामाले बताउनुभयो ।
उनी दुःख गरेर अध्ययन गर्न चाहान्छन् परम्परागत थान्का चित्रकारितालाई आधुनिकता दिन चाहन्छन् भने उनको बाटोमा काँडा हैन फूल विच्छाउन सकेपो भालीका दिनमा उनी अझ सवल कलाकारको रुपमा आउन सक्छन् र उनले पनि अरुलाई मार्ग निर्देशन गर्न सक्ने छन् भनी आफूले सहयोगको हात बढाएको लामाले बताउनुभयो ।







































