थिमीमा टिफरको ठक्करबाट मण्डनदेउपुरका युवाको मृत्यु, एक घाइते 

97
भक्तपुर । मध्यपुर थिमीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मध्यपुर थिमीको नयाँ थिमी स्थित सडक खण्डमा काठमाण्डौबाट भक्तपुर तर्फ आउँदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नम्बर को मोटरसाईकलाई सोही दिशा तर्फबाट आउँदै गरेको बाग्मती प्रदेश ४ ख. २९०१ नं. को टिफरले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं १ घर भई हाल भक्तपुर कमलबिनायक  बस्ने वर्ष अन्दाजी २१ को सुवास तामाङको मृत्यु भएको हो ।
टिफरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा राती १ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै मोटरसाइकल पछाडि सवार काभ्रेपलान्चोक महाकाल गाउँपालिका वडा नम्बर ६  घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष २० को सञ्जीव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भईरहरको समेत प्रहरीले जानकारी दिएको छ ।
मृतकको लास पोस्टमार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको प्रहरीले जानकारी दिएको छ भने टिफर चालक जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।