भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको वडा कार्यालय नजिकै एक खाजा पसलकी ६७ वर्षीया आमासंग विगत १ महिनादेखि साथीकोरुपमा बस्दै आएकी एक बालिकाले आज आत्महत्या गरेकि छिन्।
दोलखाको शैलुङ गाउँपालिका ८ नं घर भइ हाल: दधिकोट बस्ने धर्मबहादुर कार्कीका ११ वर्षीया छोरी रिना कार्कीले आफु बस्दै आइरहेको घरको तेस्रो तलामा रहेको काठको बलोमा सलको पासो लगाइ आत्महत्या गरेकी हुन् । निम्नवर्गीय परिवारकी ति बालिकालाई खाजा पसलकी दिदीले आफु पनि एक्लै भएका कारण संगै राखेर छोरीसरह पालनपोषण गर्दै आएकी थिईन ।
बिहानसम्म आँगनमा रमाएर खेलिरहेकी उनी करिव ११ बजेतिर खाना पाकेपछि आफैले थाल पखालेर खाना पस्किनु भन्दै आफु माथि उक्लेकी थिईन् । तल खाना पस्केको धेरै समय बितिसक्दा पनि नआएपछि माथि गएर हेर्दा ति बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।
ति बालिकाको पोस्टमार्टम पछि आजै पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम दाह संस्कार गरिएको प्रहरीले जानकारी दिएको छ ।








































