
काठमाडौं। दशैं/तिहारमा हाउजिङ किन्दा कम्पनीहरुले ५० लाख रुपैयाँ छुट दिने देखि फुल फर्निसिङ सम्मका अफर ल्याएका छन्
धेरै जसो कम्पनीले बनाएका हाउजिङ पहिलेनै बिक्रि भइसकेका र नयाँ हाउजिङ बनाउन नपाएकाले यो पटक दशैं अफरमा धेरै प्रतिस्पर्धा छैन।सीमित कम्पनीसँग मात्रै घर भएकाले कतिपयले कुनै नयाँ छुट अफर नल्याएरै घर बेच्ने योजना बनाइरहेका छन्। पद्मा कोलोनी, बृहत इन्भेष्टमेन्ट लगायतका कम्पनीले कुनैपनि छुट अफर ल्याएका छैनन्।
तर सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्सले भने दशैं तिहार अफर भन्दै ५० लाख रुपैयाँ सम्म छुट दिने अफर सार्वजनिक गरेको छ।कम्पनीले गोदावरीमा रहेको सिभिल होम्सको हाउजिङमा एक करोड ४१ लाख रुपैयाँमै घर उपलब्ध गराउने जनाएको छ। त्यसैगरि रामकोटमा रहेको हाउजिङ एक करोड ६५ लाख रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।
कम्पनीले रामकोटमा दुई करोड १५ लाख रुपैयाँ मूल्य तोकेको हाउजिङ दशैं अफर अन्तर्गत एक करोड ६५ लाख रुपैयाँमा बिक्रि गर्ने जनाएको हो। ३ आना ५ पैसा क्षेत्रफलमा बनेको अढाइ तला घरको मूल्य एक करोड ६५ लाख रुपैयाँ देखि सुरु गरिएको छ।
डाउनटाउन हाउजिङले पनि दशै अफर अन्तर्गत फुल फर्निसिङको अफर ल्याएको छ। ललितपुरको इमाडोलमा ३ आना ३ पैसा क्षेत्रफलमा बनेका घरको मूल्य दुई करोड रुपैयाँबाट सुरु गरिएको छ। डाउनटाउनले दशैं अफरका लागि घरको मूल्य नघटाएर फुल फर्निसिङको सुविधा दिएको कम्पनीले जनाएको छ।
पद्मा कोलोनीले दशैंको लागि कुनै नयाँ अफर ल्याएको छैन। कम्पनीले गत वर्षकै मूल्यमा यो वर्ष पनि घरहरु बिक्री गरिरहेको छ। चार आना क्षेत्रफलमा बनेका घरको मूल्य दुई देखि तीन करोड रुपैयाँ सम्म तोकिएको छ। छुट्टै अफर नल्याएपनि घर किन्दा सबै पैसा तिरेमा विशेष छुट दिने कम्पनीले जनाएको छ।
बृहत इन्भेष्टमेन्ट ग्रुपले भैंसेपाटी, बल्खु र रामकोटमा दुई करोड रुपैयाँ माथी मूल्य राखेर निर्माणधीन घर बिक्री गरिरहेको छ। ३ आना ३ पैसा क्षेत्रफलमा बनाउने घरको लागि एकमुष्ठ पैसा तिरेमा ११ लाख रुपैयाँ सम्मछुट दिने कम्पनीले जनाएको छ।
रोडशो रियल स्टेट कम्पनीले भने बनिसकेका सबै हाउजिङ बिक्रि भइसकेको र सरकारले जग्गाको कित्ताकाट रोकेकोले नयाँ घर बनाउन नपाएको जनाएको छ। धेरै हाउजीङ कम्पनीले पनि बनिसकेका घरहरु बिक्री भइसकेको र नयाँ घर बनाउन सरकारले अनुमति नदिएकाले खाली बस्नुपरेको बताएका छन्।
दशैंमा घर किन्नेलाई ५० लाख रुपैयाँ छुट देखि फुल फर्निसिङ सम्मका अफर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































