दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता शुरु

960

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजना तथा एभरेस्ट इङ्लिश स्कूलको मुख्य प्रायोजनमा भएको भक्तपुर जिल्ला व्यापी दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता — २०७५ संघका संस्थापक अध्यक्ष एवम राष्ट्रिय प्रशिक्षक श्री मोहनदास बासुकलाज्यूको प्रमुख अतिथ्थतामा आजबाट शुरु भयो । सो अवसरमा प्रमुख अतिथि श्री बासुकलाले भक्तपुर नगरपालिकाद्धारा संचालित विभिन्न ५ खेल प्रशिक्षण मध्ये यो टेबुल टेनिस पनि संचालन गरी आज भक्तपुरका खेलाडीहरु न्युन भौतिक सुविधाका बाजजुट पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल भएकोमा भक्तपुर नगरपालिका प्रति आभार व्यक्त गरी एउटा स्तरीय हल भएको खण्डमा अझ राम्रा राम्रा खेलाडीहरु भक्तपुरबाट राष्ट्रलाई दिन सक्ने बताउनु भयो । त्यसैगरी संघका सल्लाहकार श्री गौतम सुजखुज्यूले भक्तपुरमा धेरै संघ भएतापनि भक्तपुर जिल्ला टेबुल टेनिस संघले आर्थिक अभावका बाजजुत पनि निरन्तर रुपमा प्रतियोगिता संचालन गर्देै रहेकोमा सहराना व्यक्त गर्नुभयो । त्यसैगरि नवौं रनिङ्ग शील्ड विजेता स्कुलका प्रिन्सिपल श्री केवी प्रजापतिज्यूले अहिलेका विद्यार्थीहरु घरमा पुग्नासाथ मोबाईलमा झुम्मीने बानीले गर्दा शरीरिक शक्तिमा ह्रास आएको तथा विद्यार्थीहरुमा साईवर नशा बढीरहेकोमा चिन्ता व्यक्त गर्दै यस्ता खेल मार्फत विद्यार्थीहरुलाई सक्रिय बनाई राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष श्री प्रेमकृष्ण खर्बुजाको सभापतित्व भएको सो उद्घाटन समारोहमा संघका उपाध्यक्ष श्री मुना बासुकला तथा संघका सचिव एवा प्रतियोगित संचालन समितिका संयोजक ईन्द्रभक्त पंचले खेल विकासका बारे आ आफना्े धारणाहरु राख्नु भएको थियो ।
विभिन्न ११ विधामा भएको सो प्रतियोगिताको उद्घाटन पछि भएको विभिन्न खेलहरुको नतिजा यस प्रकार रहेका छन् ।
गल्स १६ बर्षमुनीमा आरति सुवाल( प्रभात मावि,)तथा जननी श्रेष्ठ (जेन्युईन ) आ आफनो प्रतिद्धन्दीलाई पराजित गरी फाईनलमा प्रबेश गर्न सफल भएको छ ।
गल्स १२ बर्षमुनी सलिना लाम(बाल विकास)ले प्रदिपा सुवाल –प्रभात माविलाई र दिया देउला –प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीले सचिना श्रेष्ठ बाल विकासलाई पराजित गर्दै फाईनलमा प्रबेश गर्न सफल भएको छ ।
व्वाईज टिम ईभेन्टस्मा प्रोक्सिमा ईन्टरनेशनलले हिमालयन ग्लोरीलाई तथा एभरेष्ट ई.स्कुलले जेन्युईनलाई पराजित गरी फाईनलमा प्रबेश गर्न सफल भयो
ब्वाईज १२ बर्षमुनीमा करण कपाली –विद्या आर्जन),न्युनिश सुवाल –द राईजिङ्ग),सफल तामाङ्ग –प्रोक्सिमा ईन्टरनेशनल) र रोमन थापामगर (प्रोक्सिमा) का खेलाडीहरु आ आफने प्रतिद्धन्दीहरुलाई पराजित गरी सेमी फाईनलमा प्रवेश गर्न सफल हुनुभयो ।
व्वाईज १६ बर्ष मुनी रेखान तामाङ्ग प्रोक्सिमा),रीयाज जति(एभरेष्ट ई स्कूल),रजत प्रजापति –एभरेष्ट) सफल अवाल –प्रभाति मावि),विग्यन कर्माचार्य (जेन्युईन मावि),आकाश सुवाल –एभरेष्ट ),प्रमोद मारिखु –द राईजिङ्ग) तथा सुजल प्रधानाङ्ग –एभरेष्ट इ स्कुल)का खेलाडीहरु क्वाटर फाईनलमा प्रवेश गर्न सफल भएको छ ।
त्यसैगरी मेन्स डबल्स तर्फ प्रोक्सिमा ईन्टरनेशनलका रेखान तामाङ्ग र रोमनको जोडी,जेन्युईन माविका विज्ञम र ओसियन,एभरेष्ट ई स्कुलका आकाश र रजतको जोडी,हिमालयन ग्लोरीका विमित र सुजलको जोडी,एभरेष्ट ई स्कुलका सुजल र रियाज ,हिमालयन ई स्कुलका पुर्निक र स्लोकको जोडी, प्रोक्सिमा ईन्टरनेशनलका दिपेश र सफल तामाङ्गको जोडि एवं सफल अवाल र सुमित –प्रभात मावि) आ आफना्े प्रतिद्धन्दिहरुलाई पराजित गरी क्वार्टर फाईनलमा प्रवेश गर्न सफल भए ।
प्रतियोगिता बाकी खेलहरु भाद्र ३० गते विहान ७ः३० बजे देखि शुरुहुने संयोजक ईन्द्रभक्त पंचले जानकारी दिनुभयो ।