भक्तपुर । भक्तपुरको प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको हनुमन्ते खोलाको सफाइ कार्य सुरु गरिएको छ । हनुमन्ते सफाई गरौं, भक्तपुरको पहिचान कायम गरौं भन्ने नाराका साथ खोलामा थुप्रिएका माटो हटाउन थालिएको हो ।
एउटा डोजर र १२ वटा टिपरको सहायताबाट ती माटोहरु पन्छाउन थालिएका हुन् । खोलामा थुप्रिएका माटोलाई टिपरहरुले भक्तपुरको इटापाकोमा भइरहेको नयाँं प्लानिंगमा राख्न लगिएका हुन् । यस कामका लागि केशव कवां, रत्नलाल साँंढ, लक्ष्मीभक्त चवाल निरीक्षणको जिम्मामा छन् ।
हनुमन्ते सुधार समितिका संयोजक विश्वराम कवाँंले भक्तपुरको मात्रै नभई नेपालकै प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको हनुमन्ते खोला दुर्गन्धित भएकाले त्यसलाई सफा गर्ने कार्य सुरु गरेको जानकारी गराए । यसका लागि ११ सदस्यीय समिति गठन गरी चैत २६ गतेदेखि नै काम सुरु गरेको अध्यक्ष कवाँंले जानकारी गराए ।
कामलाई थप व्यवस्थित गर्दै लैजान कार्यस्थलमा जानकारीसहितको फ्लेक्स वोर्ड राखेर अझ प्रभावकारी रुपमा काम अगाडि वढाउने योजना छ, संयोजक कवाँंले भने, यसले सर्वसाधारणमा जानकारी मात्रै नभई काममा सहयोग गर्ने भावना पनि जागोस् भन्ने हाम्रो मनसाय हो ।
सफाई अन्तर्गत हनुमन्ते खोला अन्तर्गतको आदर्श पुलदेखि महेश्वरी मन्दिरसम्मको साढे एक किलोमिटर रहेको जनाइएको छ । यो ठाउँंमा दैनिक धार्मिक स्थान हुने भएकाले यहाँंलाई केन्द्रविन्दु बनाई सफाई गरिएको जनाइएको छ । जति समय लाग्ने भए पनि यतिसम्मको सफाई गर्ने काम सम्पन्न गर्ने योजना रहेको कवाँंले सुनाए । भक्तपुर इटाभटा व्यवसायी संघले उसकै खर्चमा हायरमा ल्याएर डोजरहरु चलाइरहेको उनले जनाए ।
खोला अहिले जताततै बगाएर ल्याएको माटोले भरिएको छ । यसले दुर्गन्धित ढलको पनि वग्न पाएको छैन । काठमाडौंको वागमति जस्तै हनुमन्ते भक्तपुरको मुख्य खोला हो । यही खोला बागमतिमा मिसिन आउँंछ ।
हनुमानघाट नेपालकै प्रसिद्ध तीर्थस्थल हो । राम १२ वर्ष बनबास जाँंदा यो क्षेत्रमा वास बसेको विश्वास छ । बनबासको क्रममा भोक लागेर आराम गरेको बेला यो स्थानमा वसेर राम, सीता, लक्ष्मण सवैले एउटै पातमा दही र चिउरा खाएको भनाई छ । सवैले एउटै पातमा खाँंंदा जुठो हुने भयो भन्दै हनुमानले आफनो पुच्छरले जमिन ढसाई पानी निकालेर हात धोएर खुवाएको भएर यसलाई हनुमानघाट नाम रहन गएको किंवन्दन्ती छ ।







































