भक्तपुर । त्रिपुरा सुन्दरी भद्राक्षी देवी दुवाकोटको नाममा जमिन खरिद गरिने भएको छ ।
त्रिपुरा सुन्दरी भद्राक्षी देवी तथा मातेश्वर महादेवमन्दिर संरक्षण एवंम त्रिपुरा धाम निर्माणर्थ देवीको नामका जमिन खरिद गर्न लागिएको हो ।
धाम निर्माणका लागि जमिन खरिद योजना २०७५ अन्र्तत विभिन्न स्थानमा गरिएको आर्थिक संकलनले मन्दिरको साँधमा रहेको जमिन गरिद गर्न लागिएको आर्थिक संयोजक माधब खत्रीले जानकारी दिनुभयो ।
मन्दिरको साँधमा रहेको जमिन खरिदका लागि ४९ लाख रकम आवश्यक छ ।
जमिन खरिद गर्न आर्थिक जोह खातीर लगाइएको सप्ताहवाट ३४ लाख रुपैँया संकलन भएको थियो । जमिन खरिदका लागि नपुग १५ लाख रुपैँया जुटाउन आफुहरुले विभिन्न स्थानमा आर्थिक संकलनको कार्यक्रम गर्दै १६ लाख ४१ हजार २९४ रुपैँया संकलन भएको खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफुहरु अव जमिन खरिदका लागि तयारीमा रहेका छौं । आफैबाट ५ लाख रुपैँया दान गरेको खत्रीले दुवाकोटका विभिन्न स्थानमा आर्थिक कमिटिमार्फत आर्थिक संकलन गरि उक्त रकम संकलन गरेका हुन् ।
त्रिपुरा धाम निर्माणका लागि आवश्यक जमिन खरिदका लागि पैसा जोह भई सकेको बताउँदै उनले अव हामी देवीका नाममा जमिन खरिद गर्न सक्षम भएको छौ केहि दिनमा नै जमिन देवीको नाममा पास गरिने उहाँले जानकारी दिनुभयो ।
सहयोग संकलनको अन्तिम दिन शनिवार मुकुन्द थापावाट ५५ हजार ५५५ , राजेन्द्र आगन्जावाट ५५ हजार ५५५, श्याम प्रधानाङ् वाट २५ हजार ,धुर्व सिलवालवाट २१ हजार ,पवन न्यौपानेवाट २१ हजार, शिवहरी केसीवाट १५ हजार , किरण खत्रीवाट १५ हजार , सोम प्रधानवाट ११ हजार १११ लगाएत अन्य दाताहरुवाट गरि उक्त रकम संकलन भएको संयोजक खत्रीले जानकारी दिनुभयो ।
विभिन्न दृष्टीकोणबाट एवं प्रत्यक्ष अप्रत्यक्ष रुपमा धाम निर्माणर्थ सहयोग गर्नुहुने सम्पुर्णमा उहाँले धन्यवाद दिदै आगामी दिनमा धाम निर्माणका लागि पनि साथ र सहयोगको अपेक्षा गरेको जनाउनुभएको छ ।








































