भक्तपुर । देशमा बढदो बेथितिको विरोध गर्दै नेपाल विद्यार्थी संगठन भक्तपुर क्याम्पस इकाइ समितिले आइतवार साँझ मसाल जुलुस गरेको छ ।
नेविसंघले हाल सरकारले दुई तीहाईको दम्वको भरमा चिकित्सा शिक्षा विधेयक ल्याउनु केवल डा गोविन्द केसीसँगको सहमतिको कुठाराघात मात्र नभई सम्पूर्ण नेपाली जनताको विश्वासमा पनि कुठाराघात भएको तथा ह्वाटवडी विमानमा भएको भ्रष्टाचार, सुन काण्ड अनी निर्मला हत्या काण्डलगायतका काण्डलाई सरकारले लुकाउनु लाजमर्दो भएको भन्दै विद्यार्थी संघले भक्तपुरको सूर्यविनायकमा मसाल जुलुस गरेको हो ।
मसाल जुलुसलाई सम्वोधन गर्दै नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सरकार दुई तीहाइको दम्वले अपराधिकरण तर्फ गएको आरोप लगाउनुभएको थियो ।
यस्तै युवा नेता तथा नेविसंघका पूर्व केन्द्रिय सदस्य सुरेस श्रेष्ठले जुलुसलाई सम्वोधन गर्दै जव सम्म सरकार निर्मला हत्या काण्डका दोशीलाई लुकाउँछ , जव सम्म ह्वाइट बडीका दोषीलाई कारवाहीको दायरामा ल्याउन्न अनी डा केसीको मागको सम्वोधन गर्दैन तव सम्म हामी आन्दोलनमा रहने बताउनुयो ।







































