दैलेखमा बस दुर्घटना, एकजनाको मृत्यु

396

दैलेख – सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा चालक र सहचालकसहित ८ जना घाइते भएका छन् ।

शुक्रबार राति भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षका पारस तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीले च्यापेका कारण राति अबेर मात्र गाडी उठाइसकेपछि ज्यान गुमाउनेको पहिचान खुलेको हो । घाइतेको सुर्खेतको माया मेडिकल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।