दोलखामा कांग्रेसबाट अजयबाबु सिवाकोटी उम्मेदवार

0

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दोलखा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ ।

नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले सिवाकोटीलाई दोलखाबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला कांग्रेसले दोलखामा सिवाकोटीलाई अघि सारेको हो ।