Home समाचार दोहोरो पर्यटन शुल्कले नगरकोटको पर्यटन धोस्त, ब्यवसायीआन्दोलनमा
भक्तपुर । नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएपछि नगरकोटको पर्यटन ब्यवसाय धोस्त भएको छ ।
नगरकोट जाने पर्यटक सँग चाँगुनारायण नगरपालिका र मण्डन देउपुर नगरपालिकाले सय मिटको फरकमा पर्यटक सँग शुल्क उठाउन थालेपछि नगरकोटको पर्यटन ब्यवसाय धोस्त भएको हो ।
नगरकोटको पर्यटन ब्यवसाय धरापमा नै पर्ने गरि दवै नगरपालिकाले चालेको कदम प्रति असन्तुष्टि जनाउँदै नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले बहिवार चाँगुनारायण नगरपालिका घेराउ गरी नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरकोट घुम्न आउने पर्यटकसँग चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले दोहोरो पर्यटन शुल्क लिएपछि व्यवसायीले त्यसको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् ।
नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घले आज चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउँदै नगरपालिकाको गलत कदमले नगरकोटको भविश्य धरापमा परेको वताएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष इन्द्र लामाले एकै ठाउँमा आउँने पर्यटकसँग शुरुमा चाँगुनारायण नगरपालिकाले र मण्डन देउपुर नगरपालिकाले शुल्क उठाएपछि नगरकोटमा पर्यटन व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाले सडकमा बसेर पर्यटकसँग शुल्क उठाउने काम बन्द गर्नुर्ने वताउँदै उहाँले नगरपालिकाले शुल्क उठाउने ठाउँ धेरै छन् जसमा व्यवसायीले पनि सहयोग गर्न तयार भएको बताउँदै यसरी एक आपसमा दुई नगरपालिकाको जुंगाको लडाइले नगरकोटको भविश्य धरापमा परेको उहाँले बताउनुभएको थियो ।
नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका सचिव धनबहादुर लामाले नगरकोट आउँने पर्यटक ५० प्रतिशतभन्दा बढी घटेको बताउनुभयो । उहाँका अनुसार अव त पर्यटन व्यवसायीले नगरकोटको विकल्प खोज्न पनि थाली सकेको बताउँदै यस्तै रहि रहने हो भने नगरकोट नाम मात्रको पर्यटन केन्द्र हुने बताउनुभयो ।
पर्यटकले सय मिटरको दुरीमा दुई ठाउँमा कर तिर्नुपर्दा उल्टै उनीहरुले गाली गर्ने र अब नगरकोट नआउने भन्दै फर्कने गरेको उहाँको गुनासो थियो ।
सरकार पर्यटन वर्षको तयारीमा जुट्ने तर स्थानीय निकाय पर्यटक सँग दोहोरो पर्यटन शुल्क लिँदै धपाउने कसरी सरकारले मनाउने पर्यटन वर्ष २०२० लाई सफल वनाउन सकिन्छ उहाँले प्रति प्रश्न गर्नुभयो । नगरकोट आउने भनेका पर्यटकले दोहोरो करका कारण धमाधम होटल बुकिङ रद्द गर्न थालेको उहाँले बताउनुभयो ।
दोहोरा करको मारमा परेका पर्यटन व्यसायीहरुले नगरपालिकामा धर्ना दिएर जनप्रतिनिधिमाथि आक्रोस व्यक्त गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सोम प्रसाद मिश्रले भने ज्ञापन पत्र वुझाउन आएका व्यवसायीहरुलाई टार्दै आगामी नगरसभामा यस विषयमा कुरा गर्ने भन्दै पन्छीएका थिए ।
चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ५१ लाख प्रवेश शुल्क उठाउन ठेक्का दिएको थियो भने आव २०७५÷०७६ का लागि तीन करोड ५ हजारमा (कर बाहेक) ठेक्का दिएको छ । त्यसैगरी काभ्रेको मण्डन देउपुर नगरपालिकाले असोज २९ गतेदेखि छुट्टै पर्यटन शुल्क उठाउन थालेको छ ।
दवै नगरपालिकाले सार्क राष्ट्रका पर्यटसँग रु २२६ र सार्क बाहिरकालाई रु ३३९ प्रवेश शुल्क लिँदै आएको छन् ।
नगरकोट सम्म जाने बाटोको हालत भने दिनानुदिन जिर्ण हुँदै गएको तथा पर्यटन शुल्क उठाउन बाटोमा ठेक्का लगाएर बसेकाहरुले गर्ने दुरब्यहारले नगरकोटमा पर्यटक आधा भन्दा कम भएको व्यवसायीको भनाई छ ।
ब्यसायीले पर्यटन शुल्कको विषयमा मण्डन देउपुर नगरपालिकालाई पनि ज्ञापन पत्र वुझाएको थियो । मण्डन देउपुरले चाँगुनारायण नगरपालिकाको हटका कारण अफूहरु पर्यटन शुल्क उठाउन बाध्य भएको जनाएको छ । यदि चाँगुनारायणले पर्यटन शुल्क हटाउँछ भने हामी तत्काल हटाउन तयार रहेको मण्डन देउपुर नगरपालिकाले जनाएको छ ।
नगरकोट चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिकार र केहि साँध बनेपा नगरपालिका सँग जोडिन्छ ।
अधिकाँस भूभाग मण्डन देउपुरमा पर्ने नगरकोटमा स्थानीय निकायले लगाएको करले यसको भविश्य धरापमा परेको छ ।
Related