धनकुटामा एभोकार्डो महोत्सव सुरु

494

धनकुटा । धनकुटामा शनिबारबाट एभोकाडो महोत्सव सुरु भएको छ । यो महोत्सव दक्षिण एसियामै पहिलो पटक आयोजना भएको आयोजकले दावी गरेको छ ।

फलहरुको राजाको रुपमा लिइने एभोकाडोलाई ध्यु फलपनि भनिन्छ ।
धनकुटामा एभोकाडोको ब्यबसायीक खेति सुरु भएपछि धनकुटा नगरपालिकाले धनकुटालाई एभोकाडोको शहरको रुपमा प्रचार गर्दै आएको छ ।
एभोकाडो औषिधिय गुण बोकेको फलपनि हो ।महोत्सवको सङ्घीय प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले उद्घाटन गरे ।
महोत्सव उद्घाटनसँगै राईले एभोकाडोको प्रतिमा पनि अनावरण गरेका छन् ।

धनकुटा नगरपालिकाको वडा नम्बर ६ परिचयम मोडमा जिल्ला प्रहरी कार्यालयको अगाडिको पार्कमा प्रतिमा राखिएको छ ।
प्रतिमा उद्घाटनपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सो पार्कलाई फ्रि वाइफाइ जोनको घोषणा गरेका छन् ।
मेयर तामाङले वाइफाइको स्वीच अन गरी फ्रि वाइफाइ जोनको घोषणा गरेका थिए ।

१ सातापछि सर्वसाधारणका लागि पार्क खुला गरिने बताइएको छ ।स्मरणीय कुरा के छ भने धनकुटा रेशम खेतिका लागिपनि प्रख्यात छ । तर पछिल्लो समय रेशम खेती कम हुन थालेको छ ।

ने वि संघ नेता परिवर्तन राज पौडेलका अनुसार धनकुटा जिल्ला पर्यटन ब्यवसायको निम्ति उचित गन्तब्य रहेको वताउनुभयो ।