धनुषा–३ मा कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनायो

0

धनुषा । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्।

सोमबार बसेको पार्टी संसदीय बोर्ड बैठकले निधिलाई टिकट दिने निर्णय गरेको हो। निधि पछिल्लो समय विशेष महाधिवेशनको विपक्षमा खुलेका थिए।

विशेष महाधिवेशनले गगनकुमार थापा नेतृत्वको कार्यसमिति चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिएको थियो। अब कांग्रेसले देउवा पक्षसँग समन्वय गर्दै चुनावी तयारी अघि बढाउँदै विभिन्न क्षेत्रका उम्मेदवारहरू टुंग्याउनेछ।

यसैक्रममा देउवा निकट ज्ञानेन्द्र कार्की, विजय गच्छदार र प्रकाशशरण महत पनि टिकट पाएका छन्।