धर्मपरिवर्तन विरुद्ध तीन दिने प्रशिक्षण सम्पन्न

499
भक्तपुर । नेपालमा धर्मपरिवर्तन विरुद्ध तीन दिने प्रशिक्षण अयोजना गरिएको छ । नेपालको मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षणको लागि हिन्दू जागरण नेपालले आफ्ना सशक्त गतिविधि विश्वभरि सञ्चालन स्वरुप नेपालमा धर्मपरिवर्तन विरुद्ध प्रशिक्षण आयोजना गरेको छ ।
विशेषतः नेपालमा धर्मपरिवर्तन भइरहेको आफ्नो आँखाले देख्दा देख्दै पनि केही बौद्धिक वर्गले आवाज उठाएपनि त्यसलाई देशैभरि सशक्त आवाज बनाउन नसकिरहेको बेलामा हिन्दू जागरण नेपालले आप्mनो संस्थागत उद्देश्यलाई पूरा गर्दै धर्मपरिवर्तन विरुद्ध आज जनजनको आवाज बनाउन सफल भएको छ ।
धर्मपरिवर्तनले कुनै पनि देशको मौलिक पहिचान धर्म संस्कार पद्धतिलाई पूर्णरुपमा नष्ट गर्ने हुनाले यो कुरालाई आज विश्वले बुभ्mदै गएकोले उदाहरणकोरुपमा चीनले संस्कृतिमारा धर्मपरिवर्तनकारी सेन्टर चर्चहरुलाई राज्यकै आदेशमा भत्काइएको कुरा सर्व्विदित नै छ ।

विशेषतः अशिक्षित गरिब समुदायमा उपकारको लोभ देखाएर धर्मपरिवर्तनको संख्या ह्वात्तै बढेको देखेर सरकारले पनि गत भदौ १ गते देखि नयाँ कानून लागू गरेको छ ।
कानून लागू गरेता पनि केही लोभी र स्वार्थीहरुको कारणले कानूनलाई तिलाञ्जली दिँदै नयाँ नयाँ तरीका बाट धर्मपरिवर्तन गराएर मौलिक धर्म संस्कार नष्ट गराउँदै लगेको परिवेशमा हिन्दू जागरण नेपालले धर्मपरिवर्तनकारीका आगामी सम्भावित गतिविधिदेखि आफु र समाजलाई कसरी सांगठनिकरुपमा सुरक्षित र प्रतिकार गर्न सकिन्छ ? तथा हाम्रो मित्रशक्ति र शत्रुशक्ति को को हुन सक्छन् भन्ने आदि विषयलाई लिएर तीन दिने प्रशिक्षण कार्यक्रम काठमाण्डौको गौशालामा सम्पन्न गरेको छ ।
देशका विभिन्न जिल्ला बाट प्रतिनिधिमूलक प्रशिक्षार्थीहरुलाई उपप्राध्यापक सुदर्शन नेपाल, डाक्टर चिन्तामणि योगी, डाक्टर जगमान गुरुङ्ग, बाइबल र माओवादका लेखक अर्जुन ज्ञवाली, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, संगठन तथा व्यवस्थापन विषयमा मधुसूदन पौडेल आदि विशिष्ट व्यक्तिद्वारा विविध विषयमा प्रशिक्षण दिइएको थियो ।
सो प्रशिक्षणको मुख्य व्यवस्थापन ध्रुवराज लुईटेल ज्युले गर्नुभएको थियो व्यवस्थापन समितिमा जगन्नाथ सुवेदी,शान्ता रोक्का, सीता उप्रेती, बद्री बस्नेत हुनुहुन्थ्यो ।
हाल १५ जिल्लाका प्रतिनिधिलाई प्रशिक्षण दिइएको भएता पनि आगामी माघको अन्तिममा ७७ जिल्लाका प्रतिनिधिलाई प्रशिक्षण दिने तयारी रहेको जानकारी हिन्दू जागरण नेपालका अध्यक्ष पंं.श्री रामकृष्ण उपाध्याय ज्युले गराउनु भएको छ ।

अब छिट्टै नै देशभरि रहेका धार्मिक संघ संस्थालाई पनि एकसूत्रमा ल्याउने योजना रहेको छ र सो कार्यमा विभिन्न कार्यकर्तालाई खटाइसकिएको जानकारी पनि दिनुभएको छ ।
उक्त कार्यक्रमको उद्घाटन क्षेत्र नम्बर ३ का सांसद नरोत्तम वैद्य र बेंकटेश मन्दिरका मठधीस स्वामी श्री पद्मधराचार्यले गर्नु भएको थियो ।