धादिङ । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट रमेश धमलालाई उम्मेदवार बनाएको छ।
धमला कांग्रेसका केन्द्रीय सदस्य हुन् र धादिङको पूर्व जिल्ला सभापतिका रूपमा समेत काम गरिसकेका छन्। पर्यटन व्यवसायमा संलग्न उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष पनि हुन्।
२०७९ सालको निर्वाचनमा धादिङ–२ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए। यस पटक अधिकारीले चुनाव नलड्ने घोषणा गरेका थिए, जसपछि कांग्रेसले धमलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।






































