धेरै समय टिभी हेर्नेको स्मरण क्षमता कमजोर हुने

284

काठमाडौं : हालै गरिएको एक अनुसन्धानले ५० बर्ष भन्दा बढी उमेर भएकाहरूले दैनिक तीनघन्टा भन्दा धरै समय टिभी हर्नेको स्मरण शक्ति कमजोर हुने देखाएको छ।

तीन हजार छ सय भन्दा बढी मानिसमा गरिएको सो अनुसन्धानमा धेरै समय टिभीका सिरियल, डक्युमेन्ट्री तथा रियालिटी सो हेर्नेहरूमा अन्य मनिसको तुलनमा स्मरण शक्ति १० प्रतिशत कम हुने देखाएको छ। यस्तै अनुसन्धानले दैनिक तीन घन्टा भन्दा बढी टिभीमा सिरियल तथा रियालीटी सो हेर्ने हजुरमा अन्य मानिसको तुलनामा तनाव धेरे बढ्ने हुदाँ डिप्रशेन समेत हुने सम्भावना हुने बताएको छ। यस्तै लामो समय सम्म एकै ठाँउमा बसेर टिभी हेर्ने हुँदा लामो समयपछि शारीरिक समस्या समेत देखिने अनुसन्धानले देखाएको छ।

स्टडी अफ् यूनिभर्सिटी कलेज लण्डनको डिपार्टमेन्ट अफ विहेवियरल साइन्स एन्ड हेल्थ का एशाेसिएट प्रोफ्रेसर डा. डैजी फेन्कोर्टकाे नेतृत्वले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ५० वर्ष भन्दामाथिकाे उमेरकाले धेरै समय टिभी हेर्दा डिमेंसिया हुने जनाएको हो।

करिब छ वर्षसम्म नियमित रुपमा टिभी हेर्नेलाई स्मरण क्षमता कजोर हुने पनि बताइएको हो।

Source link