नगरकोटबाट दन्त–लहर जस्तै हिमालको मनोरम दृश्य

0

नगरकोट, भक्तपुर — निरन्तरको बादल र कुहिरो हट्दै आकाश खुलेसँगै नगरकोटबाट देखिन थालेको हिमालय श्रृङ्खलाको दन्त–लहर जस्तै अद्भुत दृश्यले पर्यटकहरू मोहित बनेका छन्। विशेषगरी विहानको उदाउँदो सूर्यको सुनौलो किरण र साँझको अस्ताउँदै गरेको सूर्यको रङ्गीन आभाले हिमाल झनै चम्किलो र मनमोहक देखिने हुँदा नगरकोटमा देश–विदेशका पर्यटकहरूको चहलपहल बढेको छ।

उच्च भौगोलिक उचाइ र खुला दृश्य बिन्दुका कारण नगरकोटबाट गणेश, लाङटाङ, दोलागिरी, अन्नपूर्ण लगायतका हिमालहरू अत्यन्तै स्पष्ट र आकर्षक रूपमा देखिने गर्छन्। अहिले मौसम खुलेसँगै हिमालको रूप, रेखा र चन्द्रिका झनै प्रस्ट देखिएको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्।

पर्यटन पुनर्जीवनका लागि पनि यो दृश्य लाभदायक बनेको छ। विहानको सूर्योदय, बेलुकाको सूर्यास्त र हिमालको सुन्दरता एकै ठाउँबाट अवलोकन गर्न सकिने भएकै कारण नगरकोट आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य गन्तव्यका रूपमा झनै लोकप्रिय बन्दै गएको छ।