भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ मा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सडक महोत्सव हुने भएको छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा नगरकोटमा तीन दिने सडक महोत्सव हुने भएको हो ।
आगामी २०८२ को भ्रमण वर्षलाई लक्षित गर्दै समितिले नगरकोट क्षेत्रमा आगामी असोज २६, २७ र २८ गते नगरकोट सडक महोत्सव गर्ने भएको हो ।
महोत्सवमा विभिन्न खानाका स्टल हरू सहित लाइभ म्युजिकको आनन्द लिन सकिने नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
विभिन्न स्थानीय खाना तथा विभिन्न जात जातीका परिकारहरू सहित स्वदेशी तथा विदेशी खानाका परिकार हरू उक्त महोत्सवमा पाउन सकिने उहाँले बताउनुभएको छ ।
तीन दिन सम्म चल्ने उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने समेत उहाँले जानकारी दिनुभयो ।
Related