नगरको पैसाले प्रमुखको घर मर्मत

321

ताप्लेजुङ । महालेखापरीक्षकको कार्यालयले स्थानीय निकायको लेखापरिक्षण गर्दा देशै भर अनियमितता देखिँदा यहाँ भने आफ्नो घर मर्मत गर्न समेत पैसा खर्च भएको देखिएको छ ।
स्थानीय निकाय आएपछि अनियमितता घट्छ भन्ने सोच नै उल्टाउँदै निजी निवास निर्माण एवं मर्मत भएको पाईएको छ ।
नगरपालिकाको बजेटमा घर मर्मत गर्ने फुङलिङ नगरपालिका ताप्लेजुङका मेयर छत्रपती प्याकुरेल भन्छन्, ‘घरको कोठामा नगरपालिकाले कार्पेट ओछ्याइदिएको छ, म मेयरबाट हटेपछि उप्काएर लग्छ’।
मेरो घरमा त्यस्तो ठूलो मर्मत भएको छैन । मर्मतको नाममा के–कति खर्च भयो मलाई थाहा छैन । खासमा नगरपालिकाले मेरो घरको कोठाको माथि प्लाइउड र भुइँमा कार्पेट लगाइदिएको छ । म मेयर सधैँ हुने होइन, मेयरबाट हटेपछि त्यो उप्काएर लान्छन् । त्यसैले अनावश्यक सरकारी खर्च भएको छैन । भन्दै पन्छिएका छन् ।