नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका–४, काफ्लेथोक आज भोली देख्दै स्वर्ग जस्तो मनमोहक भएको छ ।
काफ्ले थोकका बारीहरू यति बेला पहेँलो हरियो रङ्गमा रँगिएका छ। जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म तोरीका फुलले बारीभरि सुनौलो चादर ओढाइदिएको जस्तो देखिन्छ। यस मनमोहक दृश्यले जो कोहीलाई पनि आनन्दित पार्दछ।

किसानहरूले बताउँछन्— दृश्य सँगै यहाँको वातावरण नै स्वर्ग जस्तो देखिएको छ । किसानको मिहेनतको फल स्वरूप हाल मनमोहक भएको नमोबुद्धको काफ्ले थोक सँगै आएको चाडबाडले गाउँ नै झिलिमिली भएको छ ।

तोरीका पहेँला फुलहरूले गाउँको हावामा हरियाली र सुगन्ध फैलाइरहेका छन्। प्रकृतिको यो सुन्दर उपहारले कृषिप्रधान जीवनशैलीको सौन्दर्यलाई झल्काउँछ।
फोटो बारीभरि फुलेका तोरी, किसानको सङ्घर्ष र प्रकृतिको सौन्दर्य एकैसाथ भेटिने रमणीय क्षण।

फाटो शंकर गिरी नमोबुद्ध








































